काठमाडौं ०६ साउन :- तेह्रथुममा खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान भाग्यले बचेका छन् ।तेह्रथुमको लागीगुराँस नगरपालिका–९ सोल्मामा सोमबार भालुखोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ की ३७ वर्षीया अञ्जना लिम्बूको मृत्यु हो ।
अञ्जनालाई खोलाले बगाएपछि उनको खोजी गर्दै जाँदा करिब ४ सय मिटर तल खोलाको किनारमा मृ त अवस्थामा स्थानीयले भेटाएका थिए ।मृ तकको पोष्टर्माटमका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।