बुटवल- बिश्वब्यापी फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को कारणले बिगत लामो समय बाट देश लकडाउन भैइ रहेको बेला सबै मानिसहरू गाउँ घर तिर लागेका थिए । साथै उनिहरुको मनमा धेरै कुराहरू खेलिरहेको मात्रै नभएर अब के गेर्न भनेर त्रास पनि बढेको छ। यसै क्रममा धेरै कामहरु रोकिएको थियो भनी । एकातिर धेरै ठाउँमा विकासको कामहरू हुँदै गरेको थियो । सोही समयमा गण्डकी प्रदेश पर्बत जिल्ला पयुन गाउँपालिका वडा नम्बर ३ उपल्लो गोहपुकका युवाहरूले आफ्नै गाउँमा विकासको काम गरेका छन ।
गण्डकी प्रदेश पर्बत जिल्ला पयुन गाउँपालिका वडा नम्बर ३ उपल्लो गोहपुकका युवाहरूमा “अब के हुने हो ?,के गर्नी ? भन्नी चिन्ता ले सताइरहेको साथै अब देश काहा पुग्छ जस्ता खालको कुरा आएको र हामिले आफ्नो समाजमा के गर्न सकिन्छ भन्नी चिन्ता लागेको साथै सधै यसरी लखारिएर हिडेर हुदैन , भन्नी लाग्यो र आफ्नो ठाउ आफै बनाउछौ भन्नि ठानेर उनिहरु ले आफ्नो गाउँ को मुल बाटो बनाउने निर्णय गरेको” उक्त गाउँको युवा भुवन सुवेदीले बताए ।
बाटो निर्माण को लागि युवाहरु को नेतृत्व गर्दै श्री कबिराज सुवेदीले स्थानीय तह मा गएर बजेट पार्न कोसिस गर्नु भो र अथक प्रयास पछि पयुन गाउँपालिका वडा नम्बर ३ बाट रु एक लाखको बजेट पार्न सफल भएपछि युवाले जाहा युवा त्यहाँ विकास भन्नी मुल नराका साथ श्रम दान गरेर बाटो निर्माणका गरेका हुन ।
एक्दमै साघुरो र बर्खा को बेला हिंड्न् अफ्ट्यारो हुने र धेरै चोटि सोही गाउँको बासिन्दाहरु घाइते समेत भएको छन । उक्त बाटो को लम्बाई १९० मिटर भन्दा बढी रहेको कबिराज सुवेदुले जानकारी दिए । यहाँको युवाहरुले जस्तै सबै ठाउँको युवाले लकडाउन को समयलाई सदुपयोग गरेर आफ्नो समाज मा केही परिबर्तन लेउने छन भन्नी आस राखेको पनि उनले बताए ।