नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही बस्ने अलाउदिन अन्सारीको १० बर्षिय छोरा आईतवार दिउँसो सोही ठाँउ बस्ने हनिफ मियाँको गोठ पछाडी जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेका थिए। पानीमा डुबेर घाइते भएका बालकलाई उपचारको लागी शहिद स्मृती सामुदायिक अस्पताल चौपता लग्दै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।
यो पनि पढ्नु होस
अविरल बर्षको कारण बिराटनगर १६ मा रहेको दरैया बस्तीमा रहेका ६५ घरमा केशलिया खोलामा आएको बाढी पसेर क्षति पु¥याएको छ । ति घरका ३ सय जना जनालाई उद्वार गरी बिराटनगरको रानीमा रहेको मिल्स माबिमा राखिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
यसै गरी बिराटनगर १२ स्थित बखरी एरियामा रहेका ३० घरमा केशलिया खोलामा आएको बाढी पसेर क्षति पु¥याएको छ । क्षती भएको सो घरहरुमा रहेका १५० जनालाई उद्वार गरी बखरी आधारभूत विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।