• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २७, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

    in
    आज: २०८३ भाद्र २७, शनिबार
    होमपेज /  मुख्य समाचार

    लगातारको झरीले कालोपत्रे गर्न ठिक्क पारेको सडक बगायो

  • बुटवल दैनिक
  • २०७७ अषाढ २८, आईतबार (६ साल अघि)
  • १०८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    मोरङ्ग: केहिदिन यता देखि मनसुनको सक्रियताका कारण देशव्यापी रुपमा परेको निरन्तरको झरिले उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँतेमा कालोपत्रे गर्न ठिक्क पारेको सडक बगाउँदा लाखौंको क्षति भएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    गत जेष्ठ एक गतेबाट शुरु गरिएको स्थानिय सखुवानी स्थित डँणाक चौक देखि दक्षिण बुडौली चौक हुँदै गणेश मन्दिर सम्मको २४ सय मिटर कच्चि सडकलाई कालोपत्रे गरिन लागिएको थियो । उक्त सडकलाई केही हप्ता अघि मात्र सव वेसको काम सकेर एक हप्ता अघि मात्र कालोपत्रेको लागि वेस हाल्ने काम समेत सम्पन्न गरेको थियो ।

    वेस हालीसकेर गत असार २६ गते देखि वेस सम्याउने काम समेत शुरु गरी सकिएको उक्त सडक खण्डको बुडौली चौक देखि दक्षिण पट्टिको करिब १२ सय मिटरको सव वेस र वेस समेत वर्षाको पानीले बगाई लगेको निर्माण समितिका अध्यक्ष विष्णुलाल पौडेल बताएका छन् । अध्यक्ष पौडेलका अनुसार यसरी निर्माण सम्पन्न हुनै लागेको सडकमा लगाईएको वेससँगै सव वेस समेत बगाउँदा अन्दाजी पाँच लाख बढिको क्षति भएको अनुमान गरिएको छ । उनी भन्छन् आजै झट्ट हेर्दा त यस ठाउँमा सडक बनाउनै नसकिने जस्तो देखिने गरी क्षति भएको देखिन्छ ।

    उक्त सडकको बुडौली चौक देखि उत्तर पट्टिको भागमा त्यत्ति क्षति नदेखिए पनि बुडौली चौक दक्षिणमा भने सडक छेउ बनेका आधा दर्जन घरमा समेत क्षति पुग्ने गरी सडक बगेको स्थानिय उपभोक्ता राम खड्का वताउँछन् । १ करोड ५० लाखको लागतमा आगामी कार्तिक सम्ममा निर्माण सम्पन्न गर्ने भनिएको उक्त सडक बगेपछि भने लागत र समय दुवैको बडोत्तरी हुने र यसबाट स्थानिय उपभोक्तालाई निकै ठूलो आर्थिक भार पर्न सक्ने निर्माण समितिका अर्का अध्यक्ष बासु घिमिरेले बताए ।

    सडक बगेपछि आर्थिक भार त बड्यो निश्चित छ, साथमा कार्तिक देखि कालो पत्रे सडकमा हिड्ने उपभोक्ताको सुन्दर सपनामा समेत तुसारापात भएको घिमिरे वताउँछन् । उनी भन्छन् अहिले नै पनि वर्षातले सडकमा क्षति पुर्याएसँगै उपभोक्तालाई दुद्य डेरी, कुटानि पिसानी, सींचाईका लागि कुलो पैनि धाउन समेत अप्ठेरो परेको छ ।

    यसरी वर्षातले सडक बगाएसँगै सम्बन्धित निकायमा जानकारी गराए पनि अनुगमन भने भैनसकेको जनाईएको छ । यसबाट वास्तविक क्षतिको विवरण भने आउन बाँकि रहेको छ ।

    लगातारका वर्षातले लेटाङ्ग ८ र ९ जाँतेमा अन्दाजी १५ सय घरधुरीलाई सेवा दिंदै आएको जाँते खाने पानीको ईन्टेकबाट फिल्टर ट्याङ्कि सम्म पानी ल्याउन विच्छ्याईएको अधिकांश पाईप बगाएको खाने पानी संस्थाका अध्यक्ष डिल्लि वि कले जनाएका छन् । उनका अनुसार क्षतिको पुर्ण विवरण एवं निर्माणका लागि लाग्ने समयावधि भने यकिन भैनसकेको वताईएको छ ।

    यसै गरी स्थानिय तेली र मोरङ्गे खोलाले आधा दर्जन बढि सिंचाई पैनिको मुहान बगाएर सिंचाईको क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको स्थानिय टेक्राहा गौडा सिंचाई पैनि उपभोक्ता समितिका अध्यक्ष नन्द प्रसाद खतिवडाले बताएका छन् । यसरी मुहान बगाएका पैनिहरुमा तेली गडाम्मे, टेक्राहा गौंडा, सिंहदेवी तेली, पापु गौंडा, स्माली गौंडा, मोरङ्गी किसान पैनि र सिंहदेवी मोरङ्गी सिंचाई पैनिहरु रहेका छन् ।

    • #सडक बगायो
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    समाचार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑