म्याग्दी- म्याग्दीमा पहिरोमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । बेपत्ता भएकामध्ये धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिममा हालसम्म १९ जनाको शव फेला परेको हो । अझै १२ जना वेपत्ता छन् ।
मराङको विभिन्न बस्तीमाथिबाट खसेको पहिरोमा बेपत्ता भएका १२ जना र बिममा ७ जनाको शब भेटिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले जानकारी दिए ।
घटनास्थलमै रहेका डिएसपी कुँवरका अनुसार मराङबाट नेपाली सेनाको हेलिकप्टरले १२ जनाको उद्धार गरेको छ । पहिरोमा परेर घाइते भएकी एक सुत्केरी महिलालाई पोखराको मनिपाल शिक्षण अस्पतालमा ल्याइएको छ । बाँकी घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
धवलागिरीको मराङमा नेपाली सेनाको र प्रभु हेली मार्फत उद्धार भैरहेको छ ।
शुक्रबार बेपत्ताको उद्धारका लागि आएको नेपाली सेनाको श्छिम पृतना हेटक्वाटर बिजयपुर ब्यारेकबाट उपरथी गकुल भण्डारी सहित एमआई १७ को हेली आए पनि प्रतिकुल मौसमका कारण उद्धार नगरी फकीएको थियो ।