असार २३- पाल्पा जिल्ला स्थित तिनाउ गाउँ पालिकाले आफ्नो गाउँ पालिकालाई आगामी ३ वर्षभित्र नमुना गाउँ पालिका बनाउने घोषणा गर्दै ७ औँ गाउँसभा समापन गरेको छ । २०७७ असार ८ गते प्रदेश सांसद तुुलाराम घर्ती मगर बाट प्रस्तुत नीति तथा कार्यक्रम सुझाव सहित परित गरीएको थियो
। १० गते उपाध्यक्ष दमयन्ती थापाबाट प्रस्तुत २०७७/०७८ को लागि प्रस्तुत बजेट त्यस पछि कृषि, पशु, शिक्षा, स्वास्थ्य, सहकारी लगायतका विषयगत शाखाबाट, प्रस्तुत बजेट तथा कार्यक्रम क्रमस छलफल गर्दै यही २२ गते आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम सर्वसहमतिले पास गर्दै सभा समापन गरीएको हो ।
सभामा गाउँ सभाका सदस्यहरु अमर तरामु, चुन्न बहादुर विष्ट, राम बहादुर पल्ली, शान्ति वि.क., हेम बहादुर दर्लामी लगायतले आ–आफ्नो जिज्ञासा राखेका थिए । गाउँ पालिका अध्यक्ष ओम बहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष रोम बहादुर लम्तरी, दान बहादुर गाहा, दल बहादुर दर्लामी र टोम बहादुर पुनले समापन मन्तव्य राखेका थिए कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले गरेका थिए ।