मदाने,२३ असार।
मदाने गाउँपालिका वडा नम्बर १ मा रहेको क्रियाशिल संस्था द सनराईज युवा क्लबले क्यालेन्डर वितरण गरेको छ । लामो समयसम्मको लकडाउनका कारण गाउँमा रहेका प्रत्येक घरहरु र प्राय सबै सरकारी कार्यालयहरुमा नयाँ बर्षको क्यालेन्डर नआउदा क्लबबाट क्यालेन्डर छपाई गाउँमा वितरण गरिएको हो।
आइतबार र सोमबार गरि दुई दिनसम्म वडा नम्बर १ अग्लुङ्गका प्राय सबै घरपरिवार र विभिन्न पसल, विद्यालय, अस्पताल लगायतका सरकारी कार्यालयहरु वितरण गरिएको छ । लकडाउनका कारण केही ढिलो क्यालेन्डर वितरण गरिरहदा पनि क्लबप्रति सबै सकारात्मक रहि अहिलेको लागि समयसापेक्ष र जनआवश्यकता पुर्वक काम गरेको बताइएको छ ।
जनताको सेवा र विकासका काममा अग्रसर रहने क्लबको उदेश्य भएकाले सदैब यसैप्रति जनसेवा, जनविकास संगै समयसापेक्ष काम गर्दै क्लब अगाडि बढेको अध्यक्ष महेन्द्र जिसिले बताउनुभएको छ ।