• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ४ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      २३ घण्टा अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    घुम्टे बहुउद्देश्यीय सभा हलको निर्माण कार्य तीव्र ।

  • थम्मन थापा
  • २०७७ अषाढ २३, मंगलबार (३ साल अघि)
  • ६८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    असार २३ बागलुङ
    गलकोट नगरपालिका वडा नं ७ मल्ममा घुम्टे बहुउद्देश्यीय सभा हलको निर्माण कार्यले तीव्रता पाएको छ । मल्म सप्ताहघाटमा निर्माण भइरहेको सभा हलको असार ५ गते गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले शिलान्यास गर्नुभएको थियो । सामाजिक विकास सँग सँगै सभा, सम्मेलन, बैठक, तालिम, गोष्ठी, सेमिनार, भेला गर्न सहज होस भन्ने उद्देश्यले सभा हलको योजनालाई सामाजिक संस्था घुम्टे युवा परिवारले अगाडि बढाएको थियो । सभा हल निर्माण गर्नको निम्ति आर्थिक वर्ष २०७६/०७७ मा गण्डकी प्रदेश सरकारले नगद रु १५ लाख बजेट विनियोजन गरेको थियो भने घुम्टे युवा परिवार जापान शाखाले नगद रु २ लाख सहयोग प्रदान गरेको छ । थप बोल रकम संकलन गरी पठाउने तयारी भइरहेको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामुले जानकारी दिनुभयो ।

    फेसबुकमा पछ्याउनुहोस्

    सभा हलको ग्राउण्ड बेस, फाउन्डेसन र तल्लो बिम ढलान कार्य सम्पन्न गरि अहिले उपल्लो बिम ढलान र पिलार ढलानको तयारी भइरहेको घुम्टे बहुउद्देश्यीय सभा हल निर्माण समितिका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो । मौसम प्रतिकूल हुँदा होस् या घाम पानी जुनसुकै अवस्थामा पनि सभा हल निर्माण भएपछि वडा सँगै नगर स्तरीय हरेक कार्यक्रम सञ्चालन गर्न सहज हुने निर्माण समितिका अध्यक्ष थापाले बताउनु भयो । सभा हलको निर्माणको लागि आर्थिक वर्ष २०७७/०७८ मा गलकोट नगरपालिकाले नगर स्तरिय योजना अन्तर्गत नगद रु २० लाख बजेट विनियोजन गरेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो ।

    सभा हलको लागि गलकोट नगरपालिका ७ मल्मका जनप्रतिनिधि लोक बहादुर थापा, समाजसेवी हरिदत्त गौतम, समाजसेवी दल बहादुर थापा, भक्त बहादुर थापा, कमला थापा र प्रकाश थापाले आवश्यक पर्ने झण्डै १ करोड मूल्य बराबरको साढे तीन रोपनी जग्गा निशुल्क प्रदान गर्नुभएको सभा हल जग्गा व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले जानकारी दिनुभयो । सभा हल निर्माण स्थलसम्म पुग्नको लागि सडकको ट्रयाक समेत खोलिएको छ । सडक निर्माण गर्न स्थानीय हीरा कुमारी थापा, सुवेदार देव बहादुर थापा र भक्त बहादुर थापाले जग्गा प्रदान गर्नुभएको छ ।

    गलकोट क्षेत्रमा हुने विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले सामाजिक संस्था घुम्टे युवा परिवारले २०७५ सालको होली पूर्णिमा मेलाका प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई माग पत्र प्रस्तुत गरेको थियो । निर्माण कार्य सम्पन्न गर्न मन्त्रालयले थप बजेट सहयोग गर्ने आश्वासन समेत दिएको बताइएको छ । सभा हल निर्माणको लागि आवश्यक थप बजेट उपलब्ध गराउन स्थानीय तह र केन्द्रीय सरकार सँग पनि पहल गरिएको घुम्टे बहुउद्देश्यीय सभा हल निर्माण समितिका सचिव रुद्र केसीले जानकारी दिनुभयो ।

    सभा हल निर्माण कार्य २ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापाले बताउनु भयो । मल्म सप्ताहघाटमा निर्माण गर्न लागिएको सभा हल स्थलमा पुग्न मध्य पहाडी लोकमार्गबाट झण्डै १० मिनेटको यात्रा गरेपछि पुगिन्छ ।

    • #गलकोट नगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑