असार,२२। बुटवल
तिलोत्तमा वडा नं १ मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलले विद्यार्थिको आफुखुसि भर्ना लिइ भर्ना सुल्क असुलि गरेको प्रति नेपाल विद्यार्थी संघले प्यारामाउण्ट बोडिङ् हाई स्कुलमा ताला लगाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्काे निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाले सरकारले शिक्षण संस्थाहरुमा पठनपाठन बन्द गराएको छ।
तर प्यारामाउण्ट बोडिङ् हाइ स्कुलले भने पटक पटक को आग्रहलाई पनि बेवास्था गरि भर्ना शुल्क लिएको मा नेपाल विद्यार्थी संघ नेवि संघ ले ताल्चा लगाएको नेपाल विद्यार्थी संघका सन्दिप पाण्डेले जानकारी दिए ।
कतिपय विद्यालयले आफूखुशी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा बैँक खातामा अभिभावकबाट रकम लिन थालेको पाइएकाले प्रशासनमा अनिस्चितकालका लागि ताला बन्धि गरेको सन्दिप पाण्डे ले जानकारी दिए ।
नेवि संघको तर्फ बाट निवर्तमान जिल्ला अध्यक्ष सन्तोष डी सी को नेतृत्वमा सहमती पत्र मा हस्ताक्षर गर्दै स्कूल ले अभिभावकबाट लिएको रकम दुई दिन भित्र फिर्ता गर्ने जनाएको छ ।सहमती पत्र मा हस्ताक्षर गर्दै स्कूल ले अभिभावकबाट लिएको रकम दुई दिन भित्र फिर्ता गर्ने जनाएको छ ।