बागलुङ, असार २१- बागलुङ क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका २९ वर्षीय सुनिल विक रहेका छन् ।
उनको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
केहि दिन अघि मात्रै भारतबाट आएर क्वारेन्टिनमा बसेका सुनिलको आज बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिए ।
लामो समयदेखि मिर्गौला रोगबाट पिडित रहेका विकको पिसीआर रिपोर्ट आएपछि मात्रैं दाहसंस्कार गरिने बताइएको छ ।