मोतीराम तिमल्सिना,- काभ्रे । अविवाहित १७ बर्षिया छोरीले बच्चा जन्माएपछि आफ्नै बाबुको गर्भ बोकेको खुलासा भएको छ । बालिकाले शनिबार राति अस्पतालमा बालकलाई जन्म दिईन् । रामेछाप जिल्ला मन्थली घर भई बनेपा ७ मा डेरा गरी मजदुरी गरी बस्ने ४० बर्षिय गोकर्ण कामीले आफ्नै छोरीलाई गर्भ बोकाएको स्विकारेका छन् । उनी निर्माण क्षेत्रका मजदुर हुन् भने श्रीमती र छोरी होटल मजदुर हुन् ।न्युजअफ नेपालमा यो खबर छ
९ महिनासम्म गर्भ लुकाएर राख्न सफल भएकी छोरीले अस्पतालमा कारवाही नगर्ने भए मात्रै बताउने भने पछि प्रहरीले उनलाई कसैलाई केहि नहुने विश्वास दिलाएर बाबुको गर्भ भएको पत्ता लगाएको थियो । अबैद्य गर्भ बोकाई ज’र्बज’स्ति करणी गर्ने बाबु गोकर्णलाई प्रहरीले आईतबार विहान कोठाबाटै पक्राउ गरेको छ ।
‘छोरी र बच्चा अस्पतालमा उपचारार्थ छन्, बाबु प्रहरी नियन्त्रणमा छन्’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले भन्नुभयो–‘परिवारका अन्य सदस्यहरुको समेत ब्यवस्थापन गर्ने गरी प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।’
शुक्रबार साँझ छोरीले पेट र ढाड दुख्यो अस्पताल जाउँ भने पछि परिवारले बनेपाको शिर मेमोरियल अस्पताल पुर्यायो । तत्काल उनको पेटमा बच्चा भएको र सुत्केरी ब्यथा लागेको बताए पछि आमा छाँगाबाट खसे झै भईन । उनले पटक पटक छोरीलाई नियमित महिनावारी भएको नभएको सोधेको भए पनि उनले झुक्याउँदै आएकी थिईन् ।
अस्पताल लैजान बाबु नै अघि सरेका थिए । प्रहरीले अनुसन्धान गरे पछि मात्रै उनको गर्भमा रहेको बच्चा बाबुको भएको पत्ता लागेको थियो । ‘मैले साउन देखि छोरीसँग नियमित सम्पर्क गर्दै आएको हुँ, पेटमा भएको बच्चा मेरै हो’–प्रहरीसँग बाबुले स्विकारेका छन् ।
बालिकाको आमाको पित्त थैली निकालिएको छ । ढाडको अप्रेसन गरिएको छ । आमा रोगि भए पछि बाबुले ज’र्बज’स्ति नियमित सम्पर्क गरिरहे पनि कसैलाई भन्न नसकेको बालिकाले बताएकी छिन् । उनिहरु एउटै कोठामा बस्छन् । ८ वर्षको छोरा र १३ वर्षको छोरी सँगै थिए । चार छोरी मध्ये उनि माईली हुन् । एउटी छोरीको रामेछापको मन्थलीमै विवाह भएको छ ।
‘उसलाई प्रहरीले थुनेपछि हामीले देहत्याग गर्नु बाहेक अर्काे विकल्प छैन’–बालिकाको आमाले प्रहरीलाई बताईन । तत्काल प्रहरीले उनि सहित बच्चाहरुलाई ओरेक नेपाल मार्फत माईती नेपालको जिम्मा लगाएको छ । बालिकाको आमाको पिसिआर परिक्षण पछि मात्रै पठाईने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी कुमार विक्रम थापाले बताउनु भयो ।