१८ असार, बैदेशिक रोजगारीको सिलसिला लामो समयदेखि साउदको टमिमी ग्लोबल कम्पनीमा कार्यरत रहेका संखुवासभा खाँदबारी नगरपालिका-१० चन्दनपुरका निवासी दिनेश कुमार श्रेष्ठ ( गणेश श्रेष्ठ) को मृत्यु भएको छ ।
उनी बिगत ३ महिनादेखि स्वास्थ्यमा समस्या आएको कारण साउदी एक अस्पतालमा उपचार गराई रहेका थिए । उनको दुबै मृगौला फेल भएको तथा ब्लड क्यान्सरको कारण मृत्यु भएको रविन ढकालले जानकारी दिए ।
ढकालका अनुसार झन्डै २० वर्षदेखि साउदीमा कार्यरत रहेका श्रेष्ठको आवश्यक हेरचाहा नपुगेको र डाक्टरले राम्रोसँग ख्याल नगरेको कारण असार १४ गते अस्पतालमै मृत्यु भएको थियो ।
मृत शरीर बेवारिसे जस्तै गरेर अस्पताममा राखेको त्यही अस्पतालमा कार्यरत एक जना नेपालीले जानकारी गराएको ढकालले बताए । मृतकको शवलाई उनी कार्यरत कम्पनीले पनि जिम्मा लिएको छैन भने अस्पतालले पनि अहिलेसम्म आधिकारिक जानकारी नदिएको उनले बताए ।
जीवित हुँदा नेपाल आउने धेरै इच्छा ब्यक्त गरेका थिए तर जीवित छँदा ल्याउन नसके पनि अन्तिम संस्कार नेपालमै गर्ने परिवारले चाहाना रहेको ढकालले बताए । उनले साउदीस्थित सामाजिक अभियानता,संघ संस्था लगायत नेपाली महानुभावहरुले पहलकदमी गरि मृत शरिरलाई नेपालसम्म ल्याउन सहयोग गरिदिन समेत आग्रह गरे ।