• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २४, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      लमजुङ प्रहरीको लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ

      ७ घण्टा अघि

      कपिलवस्तु मा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

      ७ घण्टा अघि

      जंगबहादुर कहार काे निधन

      ९ घण्टा अघि

      देवदहमा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु

      १० घण्टा अघि

      गुल्मेली चेली देवी पाण्डे बनिन् पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी

      १० घण्टा अघि

      ‘हे मेरी मायालु ’को म्युजिक भिडियो सार्वजनिक हुन दुई दिन मात्रै बाकी

      ११ घण्टा अघि

      शुध्दाेधनमा कोभिड-१९ रोग बिरुद्ध खोप

      १२ घण्टा अघि

      बाँकेमा टिप्पर आतंकः प्रधानाध्यापकको मृत्यु बिद्यार्थी आन्दोलीत

      १२ घण्टा अघि

      पर्दाभित्रकी फुलन्देकी आमा को हुन् त वास्तविक रुपमा चिन्नुहोस ।

      १२ घण्टा अघि

      सर्वोच्चको फैसलासँगै ब्यूँतियो नेकपा एमाले र माओवादी केन्द्र

      १२ घण्टा अघि

      रहेनन् कन्चन आज यो संसार छोडेर सधैको लागि बिदा भए

      १२ घण्टा अघि

      नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्षमा पाठक

      १२ घण्टा अघि

      इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा प्रवेश

      १३ घण्टा अघि

      २५ वर्षपछि मेलम्चीकाे पानी काठमाडाैं आयाे

      १३ घण्टा अघि

      मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार अन्तर्गत खोर ब्यबस्थापन र बाख्रा पालन सम्बन्धि तालिम सञ्चालन

      १८ घण्टा अघि
    in
    आज: २०७७ फागुन २४, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    उत्पादनलाई जोड दिँदै कृषकको सम्वृद्धिको निम्ति धान रोपाइँ ।

  • थम्मन थापा
  • २०७७ अषाढ १७, बुधबार (८ महिना अघि)
  • २५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बागलुङ १७ असार
    पहिले पहिले हराभरा हुने हाम्रा खेतबारी आजकल बाँझो जमीनमा परिणत हुँदै गएका छन् । कृषि तर्फ मानिसको आकर्षण कम हुँदै जानु र मानिसहरूको वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढ्दै गएकोले कृषि उत्पादनमा निकै कमी आउन थालेको छ । हाम्रा धान फल्ने सुन्दर फाँटहरुमा पछिल्लो समय धमाधम घरहरु निर्माण भइरहेका छन् ।

    कृषि सम्बन्धी सरकारका धेरै कार्यक्रम त प्रत्येक बजेटमा समेटिन्छन् तर त्यी सबै व्यवहारमा कार्यान्वयन भने हुन सकेका छैनन । आजकल गाउँघरका खेत बारी बाँझै देखिन्छन् । खेती किसानी गर्न छाडेपछि त्यी जमीनमा घाँस र रूखहरूले भरिएका छन् । हामी वर्षेनी छिमेकी मुलुक भारत बाट खाद्यान्न भित्राउन बाध्य छौं । चामल, गहुँ, देखि मकै लगायतका थुप्रै खाद्यान्नका सामग्री ट्रकका ट्रक आउने गरेका छन् । कृषि प्रधान देश नेपालमा कृषि केवल सस्तो लोकप्रियता र नाराका लागि सीमित हुँदै जान थालेको छ ।

    कृषकले उत्पादन गरेका सामग्री र खाद्यान्नको न उचित मुल्य छ न उचित बजार जसको कारण कृषि प्रति मानिसको आकर्षण दिनहुँ घट्दो क्रममा छ । कृषिमा लगानीको वातावरण नहुँदा युवाहरु विदेशिने क्रम बढ्दो छ । गत वर्षको पौष महिनामा विश्व व्यापी माहामारीको रूपमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढ्दो छ । अहिले शहर बजार भन्दा गाउँमा सुरक्षित महसुस गर्दै मानिसहरू गाउँमा छन् । उनीहरूले वर्षौं देखि बाझा जमीन र खेतबारीमा अहिले खेतीपाती गर्न थालेका छन् । जसले पहिले पहिले जस्तै हाम्रा खेतबारीमा कृषिले प्राथमिकता पाउन थालेको छ । सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अरबौं बजेट विनियोजन गर्दै आएको छ ।

    अनुदान पनि उत्तिकै दिन थालेको छ तर कृषि क्षेत्रमा निकै कम संख्यामा मानिसहरू आवद्व छन् । कृषि प्रदान देश नेपालमा धान रोपाइँ विशेष मानिन्छ । वर्षको १ दिन असार १५ गतेलाई प्रतेक वर्ष हामी राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएका छौं । १७ औं राष्ट्रिय धान दिवस गलकोटमा पनि सामूहिक धान रोपाई गरेर मनाइएको छ । गलकोट नगरपालिका वडा नं ८ काँडेबासको आयोजनामा धान दिवस तथा असार १५ मनाइएको हो ।

    कृषि उत्पादनलाई प्रोत्साहन गर्दै पर निर्भरतालाई कम गर्न र बाँझो जमीनको सदुपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्न यो कार्यक्रम आयोजना गरिएको गलकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम प्रसाद कँडेलले जानकारी दिनुभयो । उहाँले भन्नु भयो उत्पादनलाई जोड नदिने हो भने भाषण र गफले मात्रै देश समृद्ध हुँदैन । कृषि प्रधान देश नेपालमा कृषिको प्रचुर सम्भावना छ हामीले कृषि मार्फत आम्दानीको स्रोत बढाउनु पर्छ ।

    काडेबास स्वास्थ्य चौकीको केही वर्ष देखि बाँझो रहेको जमीनमा धान रोपाई गरिएको वडा अध्यक्ष कँडेलले बताउनु भयो । हामीले कृषकलाई कृषिमा आकर्षित गर्दै प्रोत्सान गर्न यो कार्यक्रम आयोजना गरेका हौं अध्यक्ष कँडेलको भनाई छ । गलकोट नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीय कृषि विकास समिति, ग्रामिण महिला आत्मनिर्भर समाज र बसन्त ऋतु आमा समुहको समन्वयमा उक्त धान रोपाइँ गरिएको हो । कार्यक्रममा कृषकहरुलाई टिमुर र कागतीका विरुवा वितरण समेत गरिएको थियो । काँडेबासमा कृषि सेवा केन्द्रले एक घर परिवारले कम्तीमा ५ टिमुरको बोट लगाउनै पर्ने व्यवस्था गरेको छ ।

    सो कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, नगर उपप्रमुख रेणुका काउचा मगर, प्रवक्ता एवं वडा नं २ का वडा अध्यक्ष हिमबहादुर भण्डारीको विशेष उपस्थिति रहेको थियो । त्यस्तै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले कृषि क्षेत्रमा कृषकहरुको आकर्षण गर्न गलकोट नगरपालिका सदैव क्रियाशील रहेको बताउनु भयो । कृषिले नै मानव जीवन जिउने हुँदा विश्वमा सबै भन्दा महान व्यक्ति कृषक नै भएको उहाँको भनाइ छ । गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले हामीले वर्षको एक दिन मात्र कृषिका कुरा नगरेर किसानलाई यसतर्फ आकर्षित गर्न आवश्यक उपकरण, बीउ बिजन सहयोग सँग सँगै कृषिमा आधुनिकीकरण गर्नु पर्ने धारणा राख्नु भयो ।

    १७ औं राष्ट्रिय धान दिवसको अवसरमा गलकोट नगरपालिकाले सबैमा शुभकामना समेत व्यक्त गरेको छ । धान रोपाइँमा स्थानीय हल गोरु सहितका हली, बाउसे, खेतालीहरुको उल्लेख्य सहभागिता रहेको थियो । गलकोट नगरपालिका विगत केही वर्ष यता राष्ट्रिय धान दिवस मनाईदै आइएको छ । धान रोपाइँमा खेतालीहरु, बाउसेहरुले निकै रोमाञ्चक पूर्वक एक अर्कामा हिलो छ्यापा छ्याप गरेका थिए ।

    • #धान रोपाइँ

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    लमजुङ प्रहरीको लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ

    कपिलवस्तु मा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

    जंगबहादुर कहार काे निधन

    देवदहमा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु

    गुल्मेली चेली देवी पाण्डे बनिन् पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी

    शुध्दाेधनमा कोभिड-१९ रोग बिरुद्ध खोप

    समाचार

    लमजुङ प्रहरीको लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ

    कपिलवस्तु मा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

    जंगबहादुर कहार काे निधन

    देवदहमा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु

    बुटवल दैनिक बिशेष

    प्राध्यापन सेवाबाट निवृत्त डा. बाबुराम ज्ञवालीलाई बुटवल बहुमुखीमा विदाई

    शुद्धोधन साहित्य महोत्सव भब्यताका साथ फर्साटिकरमा सम्पन्न

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६७६ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१३५ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६५३ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५३४ पाठक संख्या
  • ५.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २५०८ पाठक संख्या
  • ६.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २५०२ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑