• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २५, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

    in
    आज: २०८३ भाद्र २५, बिहिबार
    होमपेज /  समाचार

    फ्री एप्पल आईडी बनाउने तरिका हेर्नुहोस ,२ मिनेटमा बनाउन सक्नु हुने छ ..

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ ३२, आईतबार (६ साल अघि)
  • १३४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    आइफोन लगायतका स्मार्टफोनहरु चलाउन स्मार्ट हुनुपर्छ। क्यामेरा मात्रै चलाउने हो भने त स्मार्टफोन आवश्यकै पर्दैन। स्मार्टफोनहरुका विशेषता संसारभरका स्वतन्त्र डेभलपरहरुले बनाएका विभिन्न एप्लिकेसनहरु हुन्। यसलाई छोटकरीमा एप्स भनिन्छ। लोडसेडिङ कतिबेला हुँदो रहेछ भनेर हेर्न होस् कि टेम्पल रन टुदेखि एंग्री बर्डस्सम्मका गेम खेल्न होस्। आइफोनलाई टर्चका रुपमा प्रयोग गर्न होस् कि मौसमको जानकारी लिन, काठमाडौँमा बसेर इलामको एफएम सुन्न होस् कि न्युरोडमा बसेर न्युयोर्कको रेडियो सुन्न, यस्ता लाखौँ एप्लिकेसन्सहरु छन् जसले दैनिक जीवनलाई सहज बनाउँछ, रमाइलो बनाउँछ, तपाइँलाई एक्लो हुन दिँदैन। एप्स चलाउन थालेपछि तपाइँलाई थाहा हुन्छ, एप्स बिना त तपाइँको स्मार्टफोन केही पनि हैन।

    फेसबुकमा पछ्याउनुहोस्

    स्मार्टफोनमा मुख्यतः दुई किसिमका अपरेटिङ सिस्टम बढी प्रचलनमा छ, एप्पलको आइओएस र गुगलको एन्ड्रोइड। आइओएस आइफोन, आइपड टच, आइप्याडमा प्रयोग हुन्छ भने सामसुंग, एलजी लगायत विभिन्न ब्रान्डका मोबाइलमा एन्ड्रोइड प्रयोग हुन्छ। एन्ड्रोइडका एप्स डाउनलोड गर्ने प्रक्रिया आइओएसमा भन्दा सजिलो छ। प्रक्रिया अलि लामो भएकैले कतिलाई एप्स कसरी डाउनलोड गर्ने थाहा नभएर आफन्त वा साथीभाइले विदेशबाट उपहारस्वरुप पठाइदिएका आइफोनहरु फोनमा कुरा गर्न र फोटो खिच्न र अरुलाई धाक देखाउनमात्रै प्रयोग भइरहेका छन्। अलिकति स्मार्ट हुने हो भने स्मार्टफोनलाई स्मार्टली प्रयोग गर्न खासै गाह्रो छैन। आउनुस्, आज आइफोनमा एप्स कसरी डाउनलोड गर्ने सिकौँ।

    आइफोनमा एप्स डाउनलोड गर्न तपाइँसित वाइफाइको सुविधा हुनुपर्छ। अथवा तपाइँको आइफोनमा इन्टरनेट चल्ने हुनुपर्छ। यो आधारभूत सुविधा त धेरैसित भएकै हुन्छ। त्यसपछि तपाइँलाई चाहिन्छ एप्पल आइडी। धेरैसँग यही हुँदैन। अनि यो नभई तपाइँले आफूलाई चाहिएको एप्स डाउनलोड गर्नै मिल्दैन।

    खासमा एप्स दुई प्रकारका हुन्छन् पैसा तिरेर किन्नुपर्ने र निःशुल्क। पैसा तिरेर किन्नुपर्ने एप्स त नेपालबाट किन्न सकिँदैन, किनभने हामीसँग अन्तर्राष्टिय कारोबार गर्ने क्रेडिट कार्ड हुँदैन। तर फ्रि एप्स भने हामी मज्जैले चलाउन सक्छौँ। यसका लागि तपाइँले फ्रि एप्पल आईडी बनाउनु पर्ने हुन्छ। यसको प्रक्रिया यस्तो छः

    १) सुरुमा तपाइँको आइफोनमा रहेको एप स्टोरमा थिच्नुस्। तपाइँले फ्रि एप्पल आइडी बनाउन चाहेकोले सुरुमा तपाइँले फ्रि एप्लिकेसन डाउनलोड गर्ने प्रयास गर्नुपर्छ। त्यसका लागि मुनि रहेको टप २५ मा थिच्नुस्। त्यसपछि माथि रहेको अप्सनहरुमा टप फ्रि क्लिक गर्नुस्। त्यसपछि देखिने कुनै पनि फ्रि एप तपाइँ रोज्न सक्नुहुन्छ। अथवा टप २५ मा क्लिक नगरी सर्च थिचेर फेसबुक वा अन्य कुनै फ्रि एप्ाको नाम टाइप गर्दा पनि हुन्छ। रोजेको एपमा थिच्नुस्।

    २) अब त्यो एपको बारेमा जानकारी दिने पेज खुल्छ। ध्यान राख्नुस् कि एप डाउनलोड गर्ने ठाउँमा फ्रि लेखिएको हुनुपर्छ, यति डलर तिर्नुपर्छ भन्ने जानकारी हैन। फ्रि लेखिएको ठाउँमा एक पटक थिच्नुस्, त्यो निलो रंगको फ्रि लेखिएको ठाउँ हरियो रंगको इन्स्टल लेखिएकोमा बदलिन पुग्छ। इन्स्टलमा थिच्नुस्।

    ३) अब तपाइँलाई साइन इन गर्न भनिनेछ। तपाइँलाई तीन वटा विकल्प दिइनेछः भएको एप्पल आइडी प्रयोग गर्ने कि, नयाँ एप्पल आइडी प्रयोग गर्ने कि क्यान्सिल गर्ने।

    ४) तपाइँको आइफोनमा यसअघि नै कसैले अर्कै एप्पल आइडी प्रयोग गरिसकेको छ भने इन्स्टल थिच्ने बित्तिकै तपाइँसित पासवर्ड पो मागिनेछ। पासवर्ड मागिएको हो भने तपाइँले आफ्नो आइफोनबाट त्यो अकाउन्टलाई हटाउनु पर्ने हुन्छ। यसका लागि सेटिंग्समा थिच्नुस्। त्यसपछि स्टोरमा थिचेर साइन आउट रोज्नुस्। फेरि माथिको १ देखि ३ सम्मको प्रक्रिया अपनाउनुस्।

    ५) ३ नम्बरको प्रक्रियापछि दिइएका तीन विकल्पमा क्रिएट न्यु एप्पल आइडीमा थिच्नुस्।

    ६) त्यसपछि तपाइँलाई आफ्नो देश वा क्षेत्र छान्न भनिनेछ। त्यसमा नेपाल छान्नुस् र नेक्स्ट थिच्नुस्।

    ७) अब तपाइँलाई ३२ पेजका शर्तहरु देखाइनेछ। त्यसको मुनि एग्री लेखिएको बटनमा थिच्नुस्। मैले पढिसकेँ भनेर फेरि एक पटक तपाइँलाई क्लिक गर्न लगाइनेछ।

    ८) अब नयाँ पेज खुल्नेछ। त्यसमा तपाइँले आफ्नो इमेल ठेगाना र पासवर्ड दुई पटक राख्नुपर्ने हुन्छ। पासवर्ड कम्तिमा आठ वटा अक्षर भएको र त्यसमा क्यापिटल अक्षर, स्मल अक्षर र नम्बर समेत हुनुपर्छ। स्पेस प्रयोग गर्न पाइँदैन र एउटै अक्षर तीन पटक पनि प्रयोग गर्न पाइँदैन। पासवर्डको मुनि केही सेक्युरिटी इन्फोहरु छन्। त्यसमा तपाइँले प्रश्न छान्दै जवाफ लेख्नुस्। भोलिपर्सि तपाइँको पासवर्ड हरायो भने भेरिफाई गर्न यो काम लाग्छ। त्यसको मुनि अप्सनल रेस्क्यु इमेल ठेगाना राख्ने ठाउँ छ। माथिको भन्दा फरक ठेगाना यसमा प्रयोग गर्नुस्। त्यसमुनि तपाइँले आफ्नो जन्ममिति राख्नुस्। त्यसपछि नेक्स्ट थिच्नुस्।

    ९) अब तपाइँलाई बिलिंग इन्फरमेसन देखाइनेछ। यसमा भिसा, मास्टरकार्ड आदि क्रेडिट कार्डको जानकारी राख्न भनिएको हुन्छ। सबैभन्दा मुनि नन लेखिएको हुन्छ। त्यसलाई छान्नुस्। नन लेखिएको भेट्नु भएन भने माथिका सबै प्रक्रिया राम्रोसँग दोहोराएर हेर्नुस्, के तपाइँले माथि भने जस्तै गर्नुभएको छ? छ भने निश्चित रुपमा यो हुनुपर्छ।

    १०) नन छनौट गरिसकेपछि तल बिलिंग एड्रेसका रुपमा तपाइँले आफ्नो नाम ठेगाना राख्नुपर्छ। पोस्टकोड पनि मागिएको हुन्छ, त्यसमा अरु राखियो भने लिन मान्दैन, ००९७७ राखिदिँदा हुन्छ।

    ११) त्यसपछि तपाइँलाई तपाइँको इमेल ठेगानामा एउटा भेरिफिकेसन इमेल पठाइन्छ। इमेल खोल्नुस् र त्यसमा दिइएको लिंकमा क्लिक गर्नुस्। त्यो लिंकमा तपाइँको एप्पल आइडी र पासवर्ड राख्न भनिनेछ। तपाइँको इमेल तपाइँको एप्पल आइडी हो भने पासवर्ड चाहिँ तपाइँले अघि एप्पल आइडी खोल्दा प्रक्रिया नम्बर ८ मा राख्नुभएको चाहिँ। साइन इन गर्नुस्। अब तपाइँको फ्रि इमेल आइडी तयार भयो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    समाचार

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑