बीबीसी: पूर्वराजदूत सुदले नेपाल–भारत सीमा विवादमा चीनको कुनै प्रकारको भूमिका रहेको भन्नेमा आफूलाई विश्वास नलागेको बताए । ‘यो वि’वादमा चीनको कुनै भूमिका छ त ? भन्ने प्रश्नमा सुदले भने, ‘म यो फैसला (नेपालले नक्सा जारी गरेको) मा उसको (चीनको) भूमिका देख्दिनँ । किनकि चीनले यो सीमा (कालापानी, लिपुलेक, लिम्पियाधुरा) को मुद्दामा नेपाललाई कहिल्यै साथ दिएको छैन ।’
उनका अनुसार चीन र भारतबीच भएका सम्झौताहरु स्मरण गराउँदै सुदले सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदा चीन र भारतबीच भएको सम्झौतामा चीनले उक्त भूभाग भारतकै मानेको उल्लेख गरे । लिपुलेक भारतकै रहेको मानेर चीनले भारतसँग सीमा व्यापार सम्झौता गरेको उनको भनाइ थियो ।
त्यसैले पनि नेपालले चीनको इशारामा नक्सा जारी गरेको भन्नेमा आफूलाई विश्वास नलागेको उनले बताए । उनले अब दुई देशका अधिकारी (विदेशसचिव) स्तरमा नभई राजनीतिक स्तरमा छलफल हुनुपर्ने खाँचो औंल्याए । ‘अधिकारीस्तरमा वार्ताको गुञ्जायस अब कम भएको छ,’ उनले भने, ‘यसलाई राजनीतिक स्तरमा हामीले लैजानु पर्छ ।’