जाजरकोटवाट रुकुममा आफ्नो प्रेमिका लिन भन्दै साथी लिएर गएका नवराज विक र उनका ५ जना साथीले ज्या,न गु,माए । नवराज विकले बोलाएर रुकुम गएका एक अर्का युवक जो यो संसारमा छैनन् । तर उनको परिवारमा परेको विपत्ती भने सहन पनि क,ठिन हुने खालको छ ।रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ लामिछाने गाउँका २० वर्षीय टीकाराम सुनार सोबे र गीताका एक्लो सन्तान हुन् ।
विवाहित उनका २ वर्षीया छोरी र श्रीमती छन् । उनका बुबाआमा मजदुरी गर्छन् । टीकाराम भने चौरजहारीको शीतल माविमा ११ कक्षामा पढ्दै सोलार पावर जडानसम्बन्धी काम गर्दै आएका थिए ।अनुभव राम्रो भएपछि सोलारसम्बन्धी कामलाई व्यवसायका रूपमा विस्तार गर्ने योजनामा उनी थिए । ‘साथीको साथ लागेर गयो, पापीले मारेर भेरीमा फाले,’ उनका बुबा सोबेले भने, ‘नातिनीलाई टु,हुरी बनाए, बुहारीको सिन्दूर पु,छियो ।’
सोबेले एक्लो सन्तान गुमेको जस्तै पी,डा नातिनी र बुहारीको बि,जोग देख्दा हुने गरेको बताए ।टिकारामको श्रीमती अहिले आफ्नो श्रीमानको कि,रियामा बसेकी छन् । उनी आफै निकै कलिलो उमेरकी छन् । साथमा दुई वर्ष पनि नपुगेको बच्चा छ ।
उनीहरुको प्रेम विवाह भएको थियो । १८ वर्षको कलिलो उमेरमा आफ्ना श्रीमान गुमाएकी टिकाराम विककी श्रीमतीको अवस्था देखेर सबैको मन रुन्छ ।