• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  मुख्य समाचार

    वडामा कोभिड १९ तथा विपत कोष निर्माण गर्न सर्वदलीय सर्वपक्षीय बैठक ।

  • २०७७ जेष्ठ ३१, शनिबार (६ साल अघि)
  • ९८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    थम्मन थापा बागलुङ जेठ ३१
    गलकोट नगरपालिका वडा नम्बर ७ मल्ममा कोभिड १९ तथा विपत व्यवस्थापन कोष स्थापना गरिएको छ । अहिले विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ र विभिन्न समयमा वडामा आइपर्ने प्राकृतिक सँगै अन्य विपत्ति लाई मध्यनजर गर्दै राहत कोष संकलन अभियान शुभारम्भ गरिएको गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । राहत कोषमा अहिले झण्डै २ लाख रुपैयाँ संकलन भइसकेको छ । वडामा आयोजित सर्वदलीय सर्वपक्षीय बैठकले कोभिड १९ तथा विपत व्यवस्थापन कोष नामाकरण गरी कोषलाई दीर्घकालीन रुपमा अगाडि बढाउने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा कमिटी अध्यक्ष ललित मरासिनीले बताउनु भयो ।

    फेसबुकमा पछ्याउनुहोस्

    कोषलाई व्यवस्थित र पारदर्शी रूपमा अगाडि बढाउन वडा अध्यक्ष टिका बहादुर थापा संयोजक रहेको २९ सदस्यीय कोभिड १९ तथा विपत व्यवस्थापन समिति गठन गरेको नेपाली कांग्रेसका वडा सभापति चिरञ्जीवी मरासिनीले जानकारी दिनुभयो । वडा भित्र कोरोना भाइरसको संक्रमण भएमा या अन्य विपत आइपरेमा कोष मार्फत अत्यावश्यक अवस्थामा खर्च गर्न ९ सदस्यीय सचिवालय समिति समेत चयन गरिएको छ । गाउँ टोल देखि देशभर आर्थिक संकलन अभियानलाई अगाडि बढाउन वडा सदस्य लक्ष्मी सार्की संयोजक रहेको २७ सदस्यीय आर्थिक संकलन समिति पनि चयन भएको छ । त्यस्तै विदेशमा रहेका वडाका नागरिकहरुलाई पनि अभियानमा सहभागीता गराउन विदेश विभाग गठन गर्ने निर्णय गरिएको छ त्यसको लागि सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखालाई जिम्मा प्रदान गरिएको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिनुभयो ।

    कोभिड १९ तथा विपत कोष सम्बन्धि कार्य विधि निर्माण गर्न प्रध्यापक डाक्टर दिन बहादुर थापा, डाक्टर गंगाराम गौतम र बुद्धिजीवी होम बहादुर थापालाई जिम्मा दिइएको वडा सदस्य मिना दर्जीले बताउनु भयो । अहिले उक्त कोभिड १९ तथा विपत व्यवस्थापन कोषमा सहयोग गर्ने सहयोगी मनहरुको संख्या दिनहुँ बढ्दै गइरहेको छ । अभियानलाई गाउँ देखी सहर अनि देश विदेश सम्म जोड्नको लागि सामाजिक सञ्जाल मार्फत कार्य सम्पादन पनि हुँदै आएको छ । अभियानको देश विदेशमा रहेका वार्डबासी नागरिकहरुले प्रशंसा समेत गरेका छन् । कोष स्थापना भए पछि वडामा आई पर्ने प्राकृतिक विपत तथा कोभिड १९ को लागि खर्च व्यवस्थापन गर्न सहज हुने बताइएको छ ।

    • #गलकोट नगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑