
जेष्ठ २५,
पाल्पाको तिनाउ गाँउ पालिकाले वडा नं. ४ र ५ मा यस आर्थिक वर्ष देखि वडा कार्यालय भवन निर्माण सुरुगरेको छ ।
वडा नं. ४ को सत्यवती र वडा नं. ५ को चरचरेमा वडा कार्यालय भवन निर्माण सुरु गरीएको हो । ६५,६५लाख रुपैयाँको लागतमा निर्माण सुरु गरीएको उक्त भवनहरु आउँदो आर्थिक वर्षमा सम्पन्न गर्ने गाउँ पालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयो ।
भवनको सिलन्यास गर्दै अध्यक्ष घर्ती मगरले भवन निर्माणको लागि जग्गा दान गर्ने वडा नं. को लाल बहादुर दर्लामी तथा वडा नं. ५ का प्रेम श्रेष्ठ, विष्णुथापा र वडा अध्यक्ष दल बहादुर दर्लामीलाई धन्यवाद ज्ञापन गर्नु भयो । आर्थिक वर्ष २०७७÷८८ मा वडा नं. ३ झुम्सा र वडा नं. ६ मस्याममा समेत वडा कार्यालय निर्माण सुरु गर्ने तथा यसै आर्थिक वर्ष मा दोभानमा गाउँ पालिका भवन सिलान्यास गरीने समेत अध्यक्ष घर्ती मगरले बताउनु भयो ।


