काठमाडौं – पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । आरडीटी नेगेटिभ आएपछि २१ गते दिउँसो घर फर्किएका युवकको बिहीबार बिहान २ बजे मृत्यु भएको हो । जिल्लाको पञ्चपुरी नगरपालिका १ हाँसेका २० बर्षीय युवकको मृत्यु पछि पीसीआर चेक गर्दा पोजेटिभ आएपछि कोरोनाले नै मृत्यु भएकाने पुष्टि भइको हो ।
यही जेठ ७ गते भारतबाट आएका उनी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुका वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजेटिभ आएको जानकारी आएको वडाध्यक्ष धनबहादुर थापाले बताए ।
मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो । युवकसँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ ।