रुकुम – जाजरकोट रुकुममा भएको घटना जातिय विभेदका कारण नभएको रुकुमकै जनप्रतिनिधिले बताएका छन् । उनीहरुले अन्तरजातिय विभेदका कारण यो घटना नभएको बताएका छन् । यस अघि पनि सो गाउँमा अन्तरजातिय विवाह भएको उदाहरण प्रस्तुत गर्दै उनीहरुले यो घटनालाई अनावश्यक रुपमा जातिय विभेदका रुपमा ब्याख्या गरिएको बताएका छन् । दलित समेत रहेका जनप्रतिनिधिले नै यो घटना जातिय विभेदका कारण नभएको बताएका छन् ।
उनले नवराजको प्रेमिका भनिएकी युवतीको दिदी भन्दै उनले पनि अन्तरजातिय विवाह गरेको बताएका छन् । यमुना चनारा मल्ल नाम गरेकी ति युवतीकी दिदीले आफुले दलित युवासंग विवाह गरेको बताइन् । हाम्रो परिवारमा जातिय भेदभाव छैन मैले सल्यान सिरमारामा दलित युवकसंग विवाह गरेको बताइन् । उनले आफ्नो श्रीमनको नाम विष्णु चुडाल भएको बताइन् । यो घटना जातिय विभेदका कारण भएको होइन्, हाम्रो परिवारमा यस अघि नै अन्तरजातिय विवाह भइसकेको र परिवारले स्वीकार गरेको उनले उदाहरण पेश गरिन् ।
त्यस्तै अर्का वृद्ध मिनवहादुर मल्लले पनि सल्यानवाट एक दलित युवतीलाई आफ्नो माइलो छोराले वुहारी बनाएर भित्र्याएको बताए । उनीहरुवाट सन्तान पनि जन्मेको उनले सुनाए । यो भन्दा अघि अन्तरजातिय विवाह भएको थुप्रै विवाह भएका छन्, त्यसलाई परिवारले सहर्ष स्वीकार गरेको छ उनले भने, यो घटनालाई जातिय विभेदका रुपमा ब्याख्या गरियो । त्यो पुरै सत्य होइन । उनी पनि नवराजको प्रेमीका भनिएकी युवतीकै आफन्त हुन् ।
जनप्रतिनिधि ससीराम विक, चौरजहारी नगरपालिका १ का वडासदस्य रहेका उनले पनि यो घटना जातिय विभेदको कारण नभएको बताएका छन् । उनले यो घटना निकै दुखद् भन्दै यसलाई फरक ढंगले हेरिएको बताए ।