• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २६, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

    in
    आज: २०८३ भाद्र २६, शुक्रबार
    होमपेज /  मुख्य समाचार

    आधा सांसद घटाऔं-पाँच वर्षमा ४८ अर्ब २ करोड ७० लाख रकम बच्ने देखिन्छ,सिमानामा पर्खाल लगाऔं

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ १४, बुधबार (६ साल अघि)
  • ७१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    मुलुक ‘लकडा’उन’मा छ । विश्व कोरोना मा’हामा’रीले त्रसित छ । आर्थिकमन्दीले नेपाल मात्रै होइन विश्वका ठूलो अर्थतन्त्र भएका मुलुकहरु पनि त्रा’हि’त्रा’ही भएका छन् । अब आउने अवस्थाको कसरी सामना गर्ने र विश्वको आर्थिक नीति कस्तो हुनुपर्छ भन्ने विषयमा आ–आफ्नो ठाउँबाट व्यापक बहस भइरहेको छ । नेपालजस्तो अ’विकसित र परम्परागत कृषि प्रधान देश त झनै सं’कटमा फ’स्ने निश्चित छ । तर, यही सं’कटकाबीच नेपालमा अर्को सं’कट (राष्ट्रियतामा सं’कट) परेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    अहिले भारतले पश्चिम नेपालको भूभाग मिचेपछि सतहमा आएको राष्ट्रियताको बहसले सिमानामा पर्खाल लगाउनु पर्ने अभिमतलाई थप बल पुगेको छ । तर, सिमानामा पर्खाल लगाउँदा कति बजेट लाग्ला, त्यो सम्भव छ कि छैन । छ भने तारबार लगाउने बजेट कसरी जुटाउने भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।

    सर्वप्रथमतः तारबार लगाउने कुरा गरिरहँदा यो सम्भव छ कि छैन भन्ने विषय कोट्याउनु उपर्युक्त हुन्छ । सिमानामा तारबार लगाउने कुरा अहिलेदेखि मात्रै उठेको होइन । लामो समयदेखि उठेको यो विषय अहिले अलिक बढी चर्चामा आएको मात्रै हो ।

    सिमानामा तारबार या पर्खाल लगाउनु अगाडि पहिलो कदमको रुपमा सिमानाको टुंगो लगाउनु आवश्यक छ । दोस्रो कदम तारबार लगाउने या पर्खाल लगाउने भन्ने विषयमा भारतसँग सहमति गर्नु आवश्यक छ ।

    सहमतिको पहलले नभए तेस्रो कदमको रुपमा नेपालले आफ्नो सिमाना आफैं पर्खाल लगाउने निर्णय गर्नु पर्दछ । त्यसअघि आत्मनिर्भरताको दह्रो खुट्टा टेक्ने गरी आन्तरिक जनतामा एकताको मनोविज्ञान निर्माण गर्नु आवश्यक छ । त्यसका लागि शासकहरुले अहिलेजस्तो ६ महिना, २ वर्षमा सरकार गिराउने खेल ब’न्द गर्नु पर्छ र जनविश्वास बढाउनु पर्छ । भ्रष्टाचार, अपारदर्शीता र घुषखोरी ब’न्द गर्नुपर्दछ ।

    चौथो कदम भारतबाहेकको छिमेकी राष्ट्र चीन तथा अन्य सहयोगी राष्ट्र र संयुक्त राष्ट्र संघसमेतलाई सहमत गराउनु पर्दछ र पाँचौं कदमको रुपमा बजेट व्यवस्थापनको जोहो कसरी गर्ने, कति समयमा पर्खाल लगाइसक्ने भन्ने विषयको ठोस योजना सार्वजनिक गर्नु पर्दछ ।

    उल्लेखित ५ कदममध्ये पहिलो, दोस्रो र चौथो कदम सरकार तथा राजनीतिक पार्टीको उपल्लो तहले राष्ट्रिय सहमति कायम गरेर संयुक्त पहल गर्नुपर्दछ । त्यसो भयो भने तेस्रो र पाँचौं क’दम पुरा गर्न जनताले मनग्ये सहयोग गर्ने देखिन्छ । नेपालीको मनोविज्ञान अहिले पनि भारत वि’रोधी छ र पर्खाल लगाउनुपर्छ भन्नेमै एकमत देखिन्छन् । सिमानामा केही तस्करी गरेर फाइदा कमाउने बाहेककाहरुले यो कदमलाई सह्रानीय मान्नेछन् । त्यसो भए जनतालाई एकताबद्ध गर्ने र राजनीतिक पार्टीहरु, सरकारप्रति विश्वास योग्य वातावरण कसरी बनाउन सकिन्छ त ?

    मेरो विचारमा पहिलो कुरा त राजनीतिक पार्टीका शीर्ष नेताहरुले भारतको चलखेलमा नअल्मलिने प्रायश्चित गर्नु पर्दछ । दोस्रो कुरा अहिले आम नेपाली जनताले खर्च कटौतिको कुरालाई जोड दिइरहेका छन् । त्यसको पहिलो तारो राजनीतिक दल र संघीयता बनेको छ । सांसदै सांसद र मन्त्री नै मन्त्रीको देश, सेवा सुविधा र भ्रष्टाचारले डुबेको देशको रुपमा जनताले बुझिरहेका छन् । त्यो कुरालाई चिर्नका लागि अब सबै दलहरुले प्रतिनिधिसभा सदस्य संख्या, राष्ट्रिय सभाको सदस्य संख्या र प्रदेशको संसद संख्या अर्थात् निर्वाचन क्षेत्रको संख्या घटा’उनु पर्दछ । यसो गर्दा मात्रै जनतामा विश्वासको सं’कट मोच’न हुन सक्दछ ।

    यो कदमले पर्खाल लगाउन गर्नुपर्ने तेस्रो र पाँचौ कदमलाई बल पुग्नेछ । जस्तोः हामी सांसदको संख्या घटाउँछौं र सिमानामा पर्खाल लगाउँछौं भन्ने आव्हान सरकारले गरेको खण्डमा स्वतः जनमत राजनीतिक पार्टी र सरकारको पक्षमा आउनेछ र राष्ट्र एकताबद्ध हुनेछ । त्यसका लागि अहिलेको प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसद संख्या (निर्वाचन क्षेत्र) ५० प्रतिशत कटौति गर्दा ५ वर्षमा झण्डै ४८ अर्ब २ करोड ७० लाख रकम बच्नेछ । यति ठूलो रकम कसरी बच्छ हेर्नुहोस् हाम्रो सोझो हिसाव ।

    हाल प्रतिनिधिसभामा २ सय ७५ सांसद छन् । यस्तै राष्ट्रिय सभामा ५९ र ७ वटै प्रदेशमा ५ सय ५० जना सांसद छन् । यसरी हेर्दा राज्यमा संघको २ सदन र ७ वटा प्रदेशको ७ वटा प्रदेशसभा गरी कुल ८ सय ८४ जना सांसदहरु रहेका छन् ।

    हाल स्वकीय सचिवको तलब र संसद भत्ता, पैदल भत्तालगायतका सुविधासहित सरदर एक सांसदले मासिक करिब एक लाख रुपैयाँ प्राप्त गरिरहेका छन् । सांसदको संख्या (निर्वाचन क्षेत्र) आधा घटाउँदा मात्रै पाँच वर्षमा २ अर्ब ६५ करोड २० लाख घ’ट्ने छ ।

    यस्तै सांसद संख्या घटाएपछि निर्वाचन क्षेत्र पनि घट्छ र निर्वाचन क्षेत्र विकास कोषका लागि सरकारले बजेट दिनुपर्ने अवस्था पनि आउँदैन । हाल संघीय सांसदलाई प्रत्येक निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँ दिइएको छ । विकासकै लागि दिइएको बजेट भएपनि सं’कट मोचनका लागि अब यो बजेट रोक्नु आवश्यक छ । यसो गर्दा सोझो हिसावले नै ५ वर्षमा २४ अर्ब ७५ करोड बँच्ने देखिन्छ ।

    यस्तै प्रदेश सांसदलाई २ करोड ५० लाखको दरले प्रतिवर्ष छुट्याएको रकममा पनि आधा निर्वाचन क्षेत्र घ’ट्दा पाँच वर्षमा २० अर्ब ६२ करोड ५० लाख रुपैयाँ बजेट बच्ने देखिन्छ । सांसदको सेवा सुविधा, पारिश्रमिक र संसद विकास कोषको बजेट आधा घ’ट्दा मात्रै राज्यकोषमा पाँच वर्षमा ४८ अर्ब २ करोड ७० लाख रकम बच्ने देखिन्छ । यो बजेट सिमामा पर्खाल लगाउँछौं भन्दा जनताले नमान्ने कुरै छैन ।

    सिमानामा पर्खाल लगाउँदा कति बजेट लाग्ला ?

    सांसद विकास कोषको रकम र निर्वाचन क्षेत्र आधा घटाउँदा ४८ अर्ब २ करोड बजेट बच्ने देखियो भने सिमानामा पर्खाल लगाउँदा चाहिं कति बजेट चाहिएला ? साढे ६ फिट अग्लो, १०–१० मिटरमा दुईवटा १२ इन्चको पिलर राखेर इन्चको वाल निर्माण गर्दा अहिले काम चल्ने बरिष्ठ इन्जिनियरहरुको भनाइ छ । इन्जिनियरहरुसँगको परामर्श अनुसार उल्लेखित क्षमताको पर्खाल लगाउन प्रतिकिलोमिटर करिब १ करोड ५० लाख लाग्ने अनुमान छ । भारत र नेपालको सिमाना १ हजार ७ सय ५८ किलोमिटर छ । अब हामी भन्न सक्छौं, त्यही हिसावले भन्ने हो भने सिमानामा पर्खाल २६ अर्ब ३७ करोडमा बन्ने देखियो । पाँच वर्षमा बनाइसक्ने लक्ष्य लिएर काम सुरु गर्ने हो भने मूल्य वृद्धि हुँदा र अत्याधिक खर्च बढ्दा पनि लगभग ५० अर्ब रुपैयाँले मनग्ये पर्खाल लगाउन पुग्ने देखिन्छ ।

    यसअर्थ सरकारले सिमानामा पर्खाल लगाउने अभियानलाई सार्थक बनाउन आजैदेखि लाग्नु आवश्यक छ । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएको बेला पनि खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट भागेर नेपाल आउनेहरुले यहाँ धमाधम कोरोना भाइरस सारिरहेका घटनाले पनि पर्खालको औचित्य अझै बढेर गएको छ । सिमामा हुने नेपाल भारतको सँधैको विवादका अलावा चोरी, तस्करी, लागू औषधको अ’वैध कारोबार, सिमापारीबाट हुने अ’परा’धि’क क्रियाकलापले नेपाल आक्रान्त बनिरहेकै छ । लिपुलेकमा भारतले सडक निर्माण सम्पन्न गरेर उ’द्घाटन गरिसकेको घटनाले नेपाललाई सिमा रक्षाका लागि एकताबद्ध हुने र दीर्घकालिन समाधानका लागि ठूलो अवसर दिएको छ । यसका लागि राष्ट्रवादी सरकारको कदम नै महत्वपूर्ण देखिन्छ । ‘मौकामा हिरा फोर्नु’ बुद्धिमानी शासकको कर्तव्य पनि हो ।

    लेखक : अर्जुन आचार्य
    सम्पादक
    विराटनगरबाट प्रकाशित हाम्रोमत दैनिक

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    समाचार

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑