काठमाडौ – सिधाकुरा जनतासंगका प्रस्तोता एवंम पत्रकार रवि लामिछाने समसामयिक विषयमा आफ्नो धारणा राख्न पछि हट्दैनन्। हालैमा नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि जनताका चौतर्फी समर्थन पाएका छन् ।
यसै विषयमा बलिउडमा आफ्नो गहिरो छाप छोडेकी नेपाली चेली मनिषा कोइरालाले नयाँ नेपालको नक्सामा समर्थन जनाएपछि भारतीय मिडियामा हंगामा मच्चिएको छ।यसै विषयमा भारतीय मिडियालाई व्यंग्य गर्दै पत्रकार रवि लेख्छन:
मनिषा कोईरालाको एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया ! आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ । कहिल्यै अर्काको उपनिवेश नभएको, स्वतन्त्रता दिवस कहिल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन् – मनिषा कोइराला , अनि बोल्दिनन त?
And I strongly suggest all Indian medias to study your own map that was submitted to the United Nations by your own government. Please take a look at our political map issued officially today.