• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ २, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

      ७ घण्टा अघि

      शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित

      ७ घण्टा अघि

      कपिलवस्तुकाे विजयनगरमा किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्‍याली (फोटोफिचर)

      ९ घण्टा अघि

      बरेङमा माघी मेला सम्पन्न

      ९ घण्टा अघि

      बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने

      १० घण्टा अघि

      भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भए पनि अन्तिम चरणमा छौंं’

      १७ घण्टा अघि

      नयाँ दिल्लीमा परराष्ट्र मन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

      १७ घण्टा अघि

      खड्कछत्र महिला उद्यम समुहद्वारा उपहार प्रदान

      १८ घण्टा अघि

      पोर्चुगलमा फेरि देशव्यापी लकडाउन: चुनाव समेत प्रभावित

      २० घण्टा अघि

      प्रचण्ड-माधवभन्दा केपी ओली असल : खगेन्द्र संग्रौला

      २० घण्टा अघि

      आजपनि सर्वोच्चमा संसद विघटनविरुद्ध गरमागरम बहस हुँदै

      २० घण्टा अघि

      अक्सफोर्डमा इन्टरनेशनल स्कुल अवार्ड परियोजना कार्यक्रम प्रदर्शन

      २० घण्टा अघि

      शाइन रेसुङ्गा बैंकको १२ औं साधारणसभा अध्यक्षमा थानेश्वर पौडेल चयन

      २० घण्टा अघि

      तिनाउ गाउँपालिकाको आठौं गाउँसभा

      १ दिन अघि

      सभाबाट योजना संशोधन गदै पूर्वखोला

      १ दिन अघि
    in
    आज: २०७७ माघ २, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    मिनेन्द्र रिजालकाे भारतीय पत्रकारलाई कडा जवाफ..

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ ८, बिहिबार (७ महिना अघि)
  • १७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं /नेपालले लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा अद्यावधिक गरेपछि भारतीय मिडिया नेपालमाथि खनिएका छन्।उनीहरूले बुधबार दिनभर अभिनेत्री मनिषा कोइरालाको आलोचनामा समय खर्चिए। मनिषाले नेपालको नयाँ नक्साको खुलेर समर्थन गरेकी थिइन्। एबिपी च्यानलले मनिषालाई ‘चीनको इशारामा नाचेको’ आरोप लगायो।

    बुधबार साँझ नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, रिपब्लिकाका सम्पादक सुवास घिमिरे र दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल केही भारतीय अतिथिसँगै भारतीय न्यूज च्यानल रिपब्लिकको बहसमा झुल्किए।कार्यक्रमको सञ्चालन ‘सत्तापक्षीय पत्रकार’ अर्णव गोस्वामीले गर्ने गर्छन्। कार्यक्रमको शीर्षक थियो-‘चाइना युजेज नेपाल’, अर्थात् चीनले नेपाललाई प्रयोग गर्छ। अर्णवले सुरूमै भने, ‘चीन कसैको साथी हैन।’ त्यसपछि लामो न लामो लेक्चर दिए।अर्णवको लामो न लामो प्रश्नको आशय नेपालले चीनको इशारामा नयाँ नक्सा सार्वजनिक गर्‍यो भन्ने थियो। जवाफमा मिनेन्द्रले भने, ‘अर्णव, तपाईंले प्रश्न गरेका हो कि कुनै मन्तव्य दिनुभएको हो? कि मलाई कुनै सन्देश दिन खोज्नुभएको हो? नेपालमा यसरी अन्तर्वार्ता लिइँदैन।’

    ‘नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद छ। हामी द्विपक्षीय छलफलबाट समस्या हल गर्न चाहन्छौं। भारतले कोभिड–१९ को महामारी टुंगिएपछि बसौंला भन्यो। हामीले अगावै कुराकानी गरौं भन्यौं,’ नेता रिजालले भने, ‘हामीसँग उक्त भूभाग हाम्रो भएको पुष्टि गर्न यथेष्ट प्रमाण छन्।भारतले पनि आफ्नो तर्फबाट प्रमाण जुटाओस्। वार्तामा बसौं, समस्या समाधान गरौं। चीनलाई जोडिरहनुको तुक छैन।’ जवाफमा अर्णवले भने, ‘नेपालमा कसरी अन्तर्वार्ता गरिन्छ मलाई थाहा छैन, भारतमा यसरी नै गरिन्छ।’

    त्यसपछि अर्णवले बहसलाई मोड्दै नेता रिजाललाई प्रधानमन्त्री केपी ‌ओलीको वक्तव्य स्मरण गराए, ‘चीनको कोरोना भाइरसभन्दा भारतबाट आएको भाइरस कडा? तपाईंको प्रधानमन्त्रीको कस्तो बहुलठ्ठीपूर्ण तर्क? कस्तो अवैज्ञानिक कुरा?’ नेता रिजालको जवाफ थियो, ‘म सीमा सम्बन्धमा सरकारले लिएको अडानको समर्थन गर्छु। कोरोनाको बारेमा प्रधानमन्त्रीले के भने के भनेनन्, मेरो सरोकारको विषय होइन।’ अर्णवले नेपालको पछिल्लो कदममा चीनको हात रहेको पुष्टि गर्न खोजिराखे भने रिजालले अस्वीकार गरिराखे।

    रिपब्लिकाका सम्पादक सुवास घिमिरेले सुगौली सन्धिपछिका नक्साहरूले उक्त भूभाग नेपालको भएको पुष्टि गर्ने बताए। त्यसपछि कार्यक्रमका सञ्चालक अर्णव घिमिरेमाथि खनिए। भने, ‘हामी तपाईंसँग हाम्रो भूभागबारे छलफल गर्दैछैनौं। यसरी त भोलि तपाईंले मुम्बई हाम्रो हो भन्नुहोला, दिल्ली हाम्रो हो भन्नुहोला? कसरी हुन्छ?’ ‘चिनियाँहरू नेपालीलाई रुचाउँदैनन्, घृणा गर्छन्। नेपालको भूमि अतिक्रमण गरेका छन्, सरकारी वेवसाइट ह्याक गरेका छन्।

    ती तपाईंका साथी हैनन्,’ अर्णव त्यसपछि दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमालपट्टी फर्किए, ‘चिनियाँहरू कसैको मित्र हुन सक्दैनन्। भारतसँगको पुरानो सम्बन्ध बिगारेर तपाईंहरूले के पाउनुहुन्छ?’ प्रकाशले पनि अर्णवलाई निराश पारे। भने, ‘नेपालले भारतसँगको सम्बन्ध बिगार्न खोजेको हैन, कुरा गोलमटोल नपार्नुस्। नेपाल–भारतबीच सीमा विवाद छ भन्ने कुरा भारत सरकारले नै स्वीकार्दै आएको छ।’ त्यसपछि, अर्णवले ‘चीन कसैको मित्र हुन नसक्ने’ जिरह गर्दै बहस टुंग्याए।

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

    शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित

    कपिलवस्तुकाे विजयनगरमा किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्‍याली (फोटोफिचर)

    बरेङमा माघी मेला सम्पन्न

    बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने

    भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भए पनि अन्तिम चरणमा छौंं’

    समाचार

    विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

    शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित

    कपिलवस्तुकाे विजयनगरमा किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्‍याली (फोटोफिचर)

    बरेङमा माघी मेला सम्पन्न

    बुटवल दैनिक बिशेष

    अक्सफोर्डमा इन्टरनेशनल स्कुल अवार्ड परियोजना कार्यक्रम प्रदर्शन

    शाइन रेसुङ्गा बैंकको १२ औं साधारणसभा अध्यक्षमा थानेश्वर पौडेल चयन

    कपिलवस्तु मा अबैध कुखुरा नष्ट

    पेशाको संरक्षण र सम्बद्र्धनका लागि सैनामैनामा आरन चलाउने २४ घरपरिवारलाई आधुनिक उपकरण प्रदान

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४८१ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५१७ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३८० पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३६३ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३४७ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १६९३ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑