तिलोत्तमा – रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा शिल गरिएको छ ।
अस्पतालको आइसियूमा उपचार गरिरहेका बिरामीको पिसिआर परिक्षणमा पोजेटिभ देखिएपछि अस्पताल शिल गरिएको हो ।
उपचारको क्रममा गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका एक पुरुषमा कोरोना संक्रमण भेटिएको र उनको अस्पतालको संघन कक्षमा उपचार भइरहेको स्रोतको भनाई छ । शिक्षण पेशा संलग्न उनलाई जण्डिस भएर जेठ १ गते बिहान ३ बजे उपचारका लागि क्रिमशन अस्पतालमा ल्याइएको थियो ।