काठमाडौं- लकडाउनको मोडालिटीमा परिवर्तन गर्ने तयारी भइरहेका बेला अचानक कोरोनाभाइरसका कारण मृत्यु पुष्टि भएपछि भने सरकारले अहिलेसम्मकै सबैभन्दा लामो अवधिका लागि लकडाउन लम्ब्याउने तयारी थालेको छ ।
नेपालमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको अ वस्थामा संक्रमणको न्यून जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्नेगरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेको थियो । तर, शनिबार एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएपछि भने सरकार हच्किएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको कोरोना संक्रमण कारण ज्यान गएपछि सरकार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने तयारीमा जुटेको बताइएको छ । सरकारले पाँचौंपटक थपेको लकडाउनको अवधि सोमबार सकिँदैछ । यसपछि लकडाउनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय गर्नको लागि आज ५ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ ।
मन्त्रिपरिषद बैठकअघि आज दिउँसो साढे दुई बजे समन्वय समि तिको बैठक बस्दै छ । त्यहाँ लकडाउनका विषय छल फल हुनेछ र यो बैठकले सरकारलाई सुझावसहित सिफारिस गर्नेछ । त्यही सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले निर्णय लिनेछ । यसअघि विशेषज्ञहरुको साथमा बसेको समन्वय समितिको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने सुझाव दिएको थियो । तर, अचानक महिलाको मृत्यु भएपछि सबै तयारी एकैपटक उल्टिएको छ ।