• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  जीवनशैली

    मदन भन्डारी स्मृति दिवस (प्रारम्भिक जीवन -राजनीतिक जीवन)

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ ३, शनिबार (६ साल अघि)
  • २३५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फाईल तस्विर

    मदन भण्डारी नेपालको राजनीतिमा गुन्जिरहने नाम हो। नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता भएतापनि मदन भण्डारीलाई नेपाली जनता सबैको नेता हुन लायक नेताको रुपमा चिनिन्छ । दुर्घटनामा ज्यान गुमाएका भण्डारीको नाम अहिले पनि उत्तिकै मान र प्रतिष्ठाका साथ लिइन्छ। उनको जन्म वि .सं. २००९ असार १४ गते भएको थियो।

    फेसबुकमा पछ्याउनुहोस्

    प्रारम्भिक जीवन
    नेपालको पूर्वी क्षेत्रमा रहेको ताप्लेजुङ्ग जिल्लाको ढुंगेसाँघु भन्ने ठाउँमा बुवा देवीप्रसाद भण्डारी र आमा चन्द्र कुमारीको माइला छोराको रुपमा मदन भण्डारीको जन्म भएको हो । उनका बुवालाई गाउँलेहरुले सुब्बाको मान दिएका थिए । जसले गर्दा उनको बाल्यकाल राम्रो वातावरणमा बित्यो। वि. सं. २०१५ मा गाउँकै हिउँदे स्कुलमा भर्ना भएका उनले २०२३ मा गाउँको स्कुलको पढाइ सकेका थिए। स्मरणशक्ति तेज भएका कारण बालककालमै चण्डी याद गर्न सक्ने प्रतिभाकै कारण उनको नाम गाउँमा फैलिएको थियो । वि.सं २०२४ मा उनको परिवार मोरङको इटहरामा सर्यो भने मदन भण्डारी पढाइ पूरा गर्नको लागि भारत गए । दुई वर्ष मथुरा, त्यसपछि देहरादुन हुँदै वनारस पुगेका उनले वि.सं. २०२३ मा वनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरेका थिए।

    राजनीतिक जीवन
    मदन भण्डारीको राजनीतिक जीवनको सुरुवात पुष्पलालसंगको भेटपछि सुरु भएको मानिन्छ। पुष्पलालसंग उनको भेट भएको एक वर्षपछि, वि.सं. २०२९ मा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चा निर्माण गर्ने प्रक्रिया थाल्यो र मदन भण्डारी उक्त मोर्चाको केन्द्रिय सदस्य बने। २०३० मा उनी त्यहाँ पूर्णकालीन सदस्य भए। वि. सं. २०३३ सालमा मदन भण्डारी लगायतका नेताहरुले मुक्तिमोर्चा समूहको निर्माण गरे। त्यसपछि मुक्तिमोर्चा समूह निर्माण गरेका नेताहरु पुष्पलालको पार्टीसंग विद्रोह गरि ‘को- अर्डिनेशन केन्द्र’ मा आबद्ध भए र मुक्तिमोर्चा समूहलाई पनि ‘को-अर्डिनेशन केन्द्र’ मै मिलाए। यो संगठन विकास हुँदै वि.सं. २०३५ सालमा नेकपा ( माले ) पार्टी स्थापना भयो, जसमा मदन भण्डारी केन्द्रिय सदस्य बने।

    प्रखर वक्ता र साहित्यमा समेत उत्तिकै रुची राख्ने मदन भण्डारी २०४१ साल वैशाखमा नेकपा (माले) पार्टीको पोलिटब्युरो सदस्य बने । २०४६ सालको आन्दोलन पछि भूमिगत जीवनबाट बाहिर आई भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेले। माले-माक्र्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी)को महासचिव बने। बहुदलीय जनवादको नीति प्रतिपादन गरेका उनी ०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए।

    २०४६ मा बहुदल आउनुभन्दा पहिले पार्टीका केही मान्छेले मात्र चिन्ने मदन भण्डारीलाई सबै जनताले चिन्न थाले । बहुदल आएपछि भूमिगत जीवनबाट बाहिर आएका उनको भाषण सुन्न टाढाटाढाबाट समेत मान्छे जम्मा हुन्थे । मदन भण्डारीको भाषण भन्नासाथ एक घण्टामै हजारौं जनता खुलामञ्चमा जम्मा हुन्थे । सरल, मिठासपूर्ण र अनुप्रासयुक्त ठेट भाषासँगै कठोर राजनीतिक शब्दावलीमा भाषण गर्ने भण्डारीका भाषणका हरेक बुँदामा ताली र सिटी बज्थ्यो । तत्कालीन समयमा राजालाई नै चुनौती दिन सक्ने खुबी भएका प्रखर वक्ता भण्डारीको भाषण जादुमयी हुन्थ्यो । विश्व प्रसिद्ध अमरिकी पत्रिका न्यूजविकले प्रसंशा गर्दै ‘कार्ल माक्र्स लिभ इन’ नेपाल भनेरै मदन भण्डारीको अन्तरर्वार्ता नै छाप्यो ।

    वि. सं. २०३९ मा मदन भण्डारीले विद्या पाण्डेसँग विवाह गरेका थिए। उनीहरूबाट उषाकिरण र निशाकुसुम नामका दुइवटी छोरीहरू जन्मिए। आफ्नो राजनीतिक यात्राको सपनालाई मूर्त रुप दिन नपाउँदै भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो। दुर्घटनाको अनुसन्धानको लागि थुप्रै आयोग तथा समिति गठन भएतापनि सत्यतथ्य हालसम्म पनि बाहिर आउन सकेको छैन।
    अल्पायुमै निधन भएतापनि मदन भण्डारीले आफ्नो पहिचान बनाएर गए। उनको पार्टी मात्र नभएर आम जनताले समेत उनलाई आजसम्म सम्झिरहन्छन्। नेपाली राजनीतिमा उनको योगदान अतुलनिय छ। लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरे । मदन भण्डारीकी श्रीमरी विद्यादेवी भण्डारी हाल नेपालको राष्ट्रपती हुनुहुन्छ। र, मदन भण्डारीको अभाव आज पनि जनताले महसुस गरिरहन्छन् ।

    समय अभावले काम गर्न पाइएन भन्नु केवल एउटा बाहना मात्र हो । मानिसमा इच्छाशक्ति र दृढता भयो भने, उनीहरु त्यो समय अनुसार चल्छन् , र त्यो समयलाई नै आफ्नो प्रभावमा पार्न सक्छन् । ठीक त्यसैगरी, जसरि, मदन भण्डारी छोटो आयू बाँचे, तर त्यो छोटो आयूमा उनले देखाएको इच्छाशक्ति र साहसले उनी नेपाली राजनीतिमा अमर नेता बनेर रहे।-सफलता को कथा

    • #मदन भण्डारी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    जीवनशैली सम्बन्धि थप

    जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

    थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

    सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

    नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    असारको बिजुली बिलमा ५ प्रतिशत भ्याट, उपभोक्ता भन्छन्– ‘यो कसरी सम्भव?’

    आरेन राईको पुरानो अभिव्यक्तिमाथि हर्क साम्पाङको बचाउ : ‘संगत फेरिएपछि सोच पनि फेरिन्छ’

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑