• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  समाचार

    धादिङ जिल्ला सुरक्षित भएको र अब पनि सुरक्षित राख्न पहिलो चरणमा सिल

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ १, बिहिबार (६ साल अघि)
  • ६२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    धादिङ, जेष्ठ १ / कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । बिहीबारबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरुमा जिल्ला प्रवेशमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

    भारतबाट अत्यावश्यक सामग्री लिएर आएका सवारी साधनको निगरानी बढाइएको छ । खाना, खाजा खान राजमार्गका विभिन्न स्थानमा सवारी साधन रोकिँदा स्थानीयवासीमा सङ्क्रमण बढ्न सक्ने आशङ्कामा सवारी साधन रोक्न निषेध गरिएको उनले बताए ।

    जिल्लालाई सबै नाकाबाट भित्रिनेहरुलाई आउन बन्द गरी कोरोनाको जोखिम हुन नदिन जिल्लालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिए ।

    जिल्ला सुरक्षित भएको र अब पनि सुरक्षित राख्न पहिलो चरणमा यही जेठ ५ गतेसम्मलाई सिल गरिएको छ । त्यसपछि अवस्था हेरेर अघि बढ्ने योजना छ ।

    राजमार्गमा कडाइ गर्न थालेपछि राजमार्गमा गुड्ने सवारी साधनमा भने कमी आएको छ । यसअघि दिइएको सवारी पास खारेज गरिएको छ । यसका कारण सवारी आवागमन घटेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टले बताए ।

    वैशाख २५ गतेबाट लकडाउनलाई खुकुलो बनाउँदा यातायातका साधनले राजमार्ग नै भरिएको थियो । सरकारले अहिले एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्नसमेत रोक लगाएका कारण सवारी साधन जिल्लाभित्र मात्र गुड्ने भएपछि केही अत्यावश्यक सवारी मात्र सञ्चालनमा रहेको छ ।

    अन्य जिल्लाबाट धादिङ प्रवेश गर्न पुरानो सवारी पास लिएर आउनेलाई नाकाबाट फर्काइएको छ । काठमाडौं जानका लागि अतिआवश्यक सामान लिएर धादिङको बाटो प्रयोग गर्नेलाई सवारी साधन रोक्न निषेध गरिएको छ । नियमित प्रहरीको गस्ती गरिरहेको छ ।

    सीतापाइला जीवनपुर सडकको छत्रेदेउराली, गल्छी, आरुघाट, बुङकोटघाट, बेनीघाटलगायतका नाकामा समेत निगरानी गरिएको छ । हिँडेर आउनेलाई समेत जाँच गरिएको छ भने कुनै शङ्कास्पद कोरोनाको लक्षण देखिएमा आरडिटीबाट जाँच गरिने योजना गरेको छ ।

    अन्य जिल्लाबाट आउनुपर्नेलाई क्वारेनटाइनमा राखेर मात्र पछि घर पठाइने प्रहरीले स्थानीय सरकारलाई सहयोग गर्ने नीति बनाइएको प्रमुख जिल्ला अधिकारी तामाङको भनाइ छ ।

    जिल्ला बाहिरबाट तरकारी र फलफूल ढुवानी प्रतिबन्ध गरिएको छ । सबै सामग्री जिल्लाकै भएकाले बाहिरबाट ल्याउन नपाइने भएको हो । रासस

    • #धादिङ जिल्ला
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    समाचार

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑