काठमाडौं ।कोरोना पुष्टि भएको २४५ मात्रै रहेको छ । स्वास्थ्य मन्त्रालयले बिज्ञप्ति निकाल्दै प्राबिधिक कारणले पहिला नै पुष्टि भएका संक्रमितको विवरण दोहोरिएको स्पष्ट पारेको छ । यस अघि पुरानो विज्ञप्तिमा आएका उही मानिसको संख्या थपेर नयाँ तथ्यांक देखाइएको थियो । प्रदेश २ मा ५ जना ब्यक्ति संक्रमित भएको बैशाख ३० गते नै जारी गरेको विज्ञप्ति फेरि जेठ १ गते जारी गरिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीर कुमार अधिकारीले बैशाख ३० गते राति १०ः १५ बजे जारी गरेको विज्ञप्तिमा कुल संख्या २१७ पुगेको बताइएको थियो ।
कुल थपिएको नयाँ संख्या २६ मध्ये प्रदेश २ का समेत ५ जनाको नाम राखिएको थियो । महोत्तरी जिल्ला निवासी १६ र ३५ बर्षीय पुरुषहरु, धनुषा जिल्ला निवासी २० बर्षीय महिला र ४० बर्षीय पुरुष र सर्लाही निवासी ४५ बर्षीय पुरुष रहेको कुरा उक्त विज्ञप्तिमा उल्लेख छ । अहिले फेरि जेठ १ गते बिहान ७: ४५ बजे सह प्रवक्ता अधिकारीले नै जारी गरेको विज्ञप्तिमा त्यही ५ जनाको ठेगाना राखेर नयाँ संक्रमित भन्दै थपेको थियो । उक्त विज्ञप्तिमा नयाँ पुष्टि भएको ५ जनाको संख्या जोडेर कुल संक्रमितको संख्या २५० पुगेको उल्लेख गरिएको थियो ।
सर्लाही धनकौल निवासी ४० बर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगर निवासी ४० बर्षीय पुरुष र मिथिला नगरपालिका निवासी २० बर्षीय महिला, महोत्तरीको जलेश्वर नगरपालिकाका १६ बर्षीय र बलवा नगरपालिकाका ३५ बर्षीय पुरुष रहेको उल्लेख छ ।बैशाख ३० गते राति जारी गरिएको विज्ञप्ति र अहिले बिहान जारी गरिएको विज्ञप्ति उही भएको तथा ती मानिसहरुलाई हिजो नै प्रादेशिक अस्पताल जनकपुरको कोविड बिशेष अस्पतालमा भर्ना भैसकेका छन ।जनकपुर उपमहानगर निवासी ४० बर्षीय पुरुष भनिएको एक जना पत्रकार, मिथिला नगरपालिकाको वडा नम्बर १० निवासी लालगढका एक जना महिलालाई बैशाख ३१ गते नै अस्पतालमा भर्ना गरिएको छ ।
त्यसै गरी महोत्तरीका भनिएका २ जनामध्ये जलेश्वरका ३५ बर्षीय मानिस पनि पत्रकारहरुको टोलीमा नै स्याब संकलन गराएका थिए र उनी पनि जनकपुर बाट नै अस्पतालमा भर्ना भएका छन । त्यसै गरी महोत्तरीको बलवा नगरपालिका निवासी १६ बर्षीय युवक पनि धनुषाको नगराइन नगरपालिकाको गंगुली स्थित प्रादेशिक क्वारेन्टाइनबाट नै पुष्टि भएर अस्पतालमा भर्ना भएका छन् ।