काठमाडौं – अहिले नेपालमा कोरोनाभाइरसको रोकथामको लागि लकडाउन गरिएको छ । मुलुक लकडाउनको अवस्थामा रहदा सरकारको आग्रह विपरीत टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित चर्चित कलाकारहरुले भोज गरेको बिषयको अहिले चर्चा चलेको छ ।
लकडाउनकै अवस्थामा रवि लामिछाने, उनकी पत्नी निकिता पौडेल, कलाकारहरु किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा लगायत सहभागी भएको भिडियो र तस्बिर सार्वजनिक भएपछि यसको विरोध भएको थियो । यसै बिषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेले प्रस्टीकरण दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफुहरुले हेलचेक्राइ गरेकोमा माफी मागेका छन् । उनले स्टाटसमा आफुहरु कुनै पार्टी नगरेको बताएका छन् । उनले आफुहरु अत्यन्त सजग र सचेत हुँदै चिने जानेका साथीहरूको आग्रहमा,महत्त्वपूर्ण सल्लाह र छलफल सके पछि घर भित्रै ६र८ जना मात्रै भएको स्थानमा पाकेकोरपकाएको खाना खाएको बताएका छन् ।
उनले भनेका छन् – खाना खाएको फोटोमा चर्चा चलेछ। पार्टी गरेको होइन,रमझमपनि होइन,सार्वजनिक स्थानमा भिड्भाड जम्मा गरेको पनि होइन।अत्यन्त सजग र सचेत हुँदै चिने जानेका साथीहरूको आग्रहमा,महत्त्वपूर्ण सल्लाह र छलफल सके पछि घर भित्रै ६/८ जना मात्रै भएको स्थानमा पाकेको/पकाएको खाना खाएका हौ।हामीले आफ्नो घरमा कसैलाई बोलाएर भोज,भतेर वा जमघट गरेका होइनौ।काम पछि, छलफल सकिए पछिको सामान्य खाना हो,साथीले श्रद्दाले पस्केर दिएको खाना।रमाइला साथीहरू भेट्दा र फोटो खिच्दा २ इन्ची बढी जरुर हासियो,गल्ती चाहिँ आवश्यक दुरि कायम गरिएन।भएको चाहिँ यत्ति हो।
अस्तिबाट संक्रमितको संख्या बढेपछी हिजो कै कार्यक्रममा आफ्नै आलोचना गरेको छु।लकडाउनको शुरूवातका दिनमा जस्तो होसियार भैएन, हेलचेक्राइ गरियो,आज बाट म त सचेत हुन्छु तपाइ पनि सजग हुनुहोस् भनेको छु।सायद जसलाई माया गरिन्छ उसै बाट अपेक्षा गरिन्छ त्यसैले अन्यथा पटक्कै लिएको छैन।सबै आलोचनाहरुलाई स्विकार्दै आगामी दिनमा अझै बढी जिम्मेवार,सजग र सचेत हुने प्रयास गर्नेछु।आजपनि बिहान ७ बजेदेखि साझ ७ बजेसम्म स्टुडियो भित्र थिए। काम बाट ब्रेक लिएर आजपनि साथीहरूसँगै खाना खाएको छु,तर भोज वा पार्टी गरेको छैन, होइन । धन्यवाद !