काठमाडौं, ३१ वैशाख । भक्तपुरको मध्यपुर थिमी र दुवाकोटलाई शिल गरिएको छ । कोरोना भाइरस संक्रमण भएका दुई जना भेटिएका कारण उक्त स्थान शिल गरिएको हो ।
प्रहरीले दुवाकोट र थिमीको शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको हो । दुई मध्ये दुवाकोटमा भेटिएका युवा पूर्वगृहमन्त्री भिम रावलका सुरक्षारार्थ खटिएका सशस्त्र प्रहरीमा कार्यरत छन् भने महिला नर्स हुन् ।
प्रहरीले दुवै जनाको ट्राभल हिस्ट्री पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको जनाएको छ ।
उनीहरु दुवैमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।