मदाने गुल्मी,३० बैशाख।
अग्लुङ्ग-बुटवल सम्पर्क अभियानको अग्लुङ्ग समन्वय समिति गठन भएको छ । प्रत्येक टोलबाट सबैलाई समेट्दै ३/३ जनाका दरले २७ सदस्यीय समिति गठन गरिएको हो ।
मदाने वडा न.१ मा मुल समितिका अध्यक्ष विक्रमबाबू विश्वकर्माको अध्यक्षतामा बसेको बैठक अनुसार अग्लुङ्ग समन्वय समिति बनेको हो । सामाजिक दुरी कायम गरि बैठक सम्पन्न भई संस्थाका उदेश्य तथा कार्यनीति बनाइएको थियो ।
अग्लुङ्ग समन्वय समितिमा सर्वसहमत निर्वाचित पदाधिकारीहरु अध्यक्षमा टोल ५ बाट युवराज चन्द,प्रथम उपाध्यक्षमा टोल ६ बाट सञ्जय चन्द, द्वितीय उपाध्यक्षमा टोल २ बाट यम बहादुर चन्द, महासचिवमा टोल १ बाट शेरबहादुर खड्का,सचिवमा टोल ९ बाट महेन्द्र जिसि, महिला सचिवमा टोल ८ बाट संगिता बिष्ट, कोषाध्यक्षमा टोल ३ बाट मधु चन्द, सह-कोषाध्यक्षमा टोल ७ बाट दीपक थापा,प्रवक्तामा टोल ४ बाट अर्जुन रनपछाई सहित अन्य १८ जना कार्यसमिति सदस्यहरु रहेको मुल बुटवल कार्यसमितिका अध्यक्ष विक्रमबाबू विश्वकर्माले जानकारी दिए ।
समाजमा हुने अनियमित, भष्ट्रचार, अपारदर्शी लगायत कुराको खोजतलास,भण्डाफोर र नियन्त्रण गर्ने उदेश्य ले शाखा अग्लुङ्ग कार्यसमिति बनाइएको निर्वाचित युवराज चन्दले बताए। यसका साथै विकृति,विसङ्गति, समाजका कुपर्था, जातिय विभेद लगायत कुराको चिरफार गर्दे समुन्नत गाउको परिकल्पना सहित संस्थाको उदेश्य रहेको उनले बताए ।
मदाने गाउपालिका वडा न. १ मा गरिएको अन्तरक्रिया कार्यक्रम द्वारा अग्लुङ्गमा लगडाउन कार्यान्वयन तथा कोरोना नियन्त्रणका लागि स्थानिय सरकारलाई सहयोग गर्ने गरि संस्थाले योजना बनाएको बताइएको छ। अब यश संस्थाले पनि कोरोना नियन्त्रण ,लकडाउन कार्यान्वयन तथा कालोबजारी अनुगमन गरिने अग्लुङ्ग-बुटवल सम्पर्क अभियानका लागि अग्लुङ्ग समन्वय समितिले जनाएको छ । यसको लागि टोलटोलका समितिका प्रतिनिधि परिचालन भएको बताइएको छ ।