सोमबार नेपालमा ११ जना कोरना संक्रमित भेटिएका छन् । संक्रमित व्यक्तिहरु १० जना कपिल्वस्तु जिल्लाका हुन् भन् एकजना सप्तरी जिल्लाका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान १० जना कोरोना संक्रमित भेटिएको जानकारी दिएको थियो भने दिउँसो १ जना थपिएको जानकारी दिएको हो ।
कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमिम नगरपालिका ७ का बासिन्दा १० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १८ देखि ३४ वर्ष उमेर समूहका पुरुष हुन् । सङक्रमित व्यक्तिहरुको उमेर क्रमस १८, १८, २०, २०, २४, ३०, ३१, ३४, ३४ र १ जनाको उमेर खुलेको छैन ।
सप्तरी जिल्लामा डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा आज दिँउसो कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।संक्रमितको संख्या १२१ पुग्दा ८९ पुरुष र ३२ महिला छन्। तीमध्ये केही नावालक पनि छन् । संक्रमितमध्ये ३३ जना निको भएर डिस्चार्ज भएका छन्।
हिजो बिराटनगरमा उपचार गराइरहेका झापा बाह्रदशी गाउँपालिकाका ५० वर्षिय पुरुष र भोजपुरका २६ वर्षिया पुरुष निको भएर घर फर्केका छन् ।