मदाने गुल्मी, २८ बैशाख।
गुल्मीको मदाने गाउपालिका वडा न १ मा बनाइएको क्वारेन्टाइनमा २ जना व्यक्ति भर्ना गरिएको छ। काठमाडौबाट यस वडामा प्रवेश गरेका २ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको हो।
बिश्वब्यापी फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को सम्भावित जोखिम न्यूनीकरणका लागि मदाने गाउपालिका वडा न १ मा रहेको अग्लुङ्ग माविमा स्थापना गरिएको ५ बेडको क्वारेन्टाइन अग्लुङ्गका २ युवालाई क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष प्रेम चन्द बोहराले जानकारी दिए ।
प्युठानमा कोरोना आरडिटी रिपोर्ट २ जनामा पोजेटिभ देखिएपछि कोरोनाको जोखिम अत्यधिक बढेकाले अब अग्लुङ्ग बाहिरबाट आउने जोकोहीलाई पनि क्वारेन्टाइनमा राखिने उनले बताए । क्वारेन्टाइनमा बस्ने यी युवाहरुका लागि खानबस्न र स्वास्थ्य चेकजाँच गरिने उनले बताएका छन। व्यवस्थित तरिकाले उनिहरुलाई खानबस्न र सुरक्षाका लागि जनशक्ति परिचालन गरिएको वडापालिकाले जनाएको छ ।