फर्साटिकर रुपन्देही
बैशाख २२
बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित प्रदेश ५ मा ह्वात्तै बढेसङ्गै रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.३,४ भित्र पर्ने क्षेत्रमा लकडाउनमा थप कडाइ गरिने निर्णय गरिएको छ। वडाकार्यालयमा वडा न स्४ का अध्यक्ष राजेन्द्र कडेंको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय समितिको बैठकले फर्सा्टिकरमा रहेका बैंकहरुमा कृषि विकास बैंक बाहेक अन्य बैंकहरुलाइ कार्यालय खुल्ने बार र समय निर्धारण गरिएको छ।
आइतबार एन आइ सि एसिया बैंक र तिनाउ मिसन बैंक ,
सोमबार कामना सेवा विकास बैंक र सिद्धार्थ विकास बैंक
मंगलबार एन एम बि बैंक ,गरिमा विकास बैंक र तिनहु मिसन बैंक ,
बुधबार एन आइ सि एसिया बैंक र साइन रेसुङ्गा बैंक ,
बिहिबार सिद्धार्थ विकास बैंक र कामना सेवा विकास बैंक र
शुक्रबार गरिमा विकास बैक,एन एम बि र साइन रेसुङ्गा बैंक बिहान १० बजे देखि दिउँसो १ बजेसम्म खुल्ला रहने छन ।
अत्यावश्यक काम बाहेक अनावश्यक सवारी साधन रोक लगाउदै अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयमा आउने कर्मचारीहरुले सवारी साधन आफ्नो कार्यालयको कम्पाउन्ड भित्र सवारी साधन पार्किङ गर्नुपर्ने छ भने अत्यावश्यक काममा आउने ग्राहक वा सेवाग्राहीले बजारभन्दा आफ्नो सवारी साधन २०० देखी २५० मिटर पर राखी मात्र बजार प्रवेश पाउने भएका छ्न।
खाद्यान्न तथा तरकारी पसल ११बजे देखि २ सम्म सञ्चालन गर्ने अन्य समयमा भने सबै खाद्यान्न तथा तरकारी पसल पुर्ण रुपमा बन्द गरिने निर्णय गरिएको छ।
अन्य गाउँपालिकाबाट आउने तरकारी पुर्णरुपमा प्रतिबन्ध लगाउने र गाउँपालिका भित्र तरकारी वडाअध्यक्षको सिफारिसमा बिक्रीवितरणमा गर्नुपर्ने भएको छ भने वडा न.३,४ भित्रको पसलमा कालोबजारी भएको पाइएमा कानुनी कारबाही गरिने बैठकले निर्णय गरेको वडा न.४ का वडा अध्यक्ष एंव गाउँपालिका प्रवक्ता राजेन्द्र कडेंलले जानकारी दिनुभयो।