• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ११, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन ११, आईतबार
    होमपेज /  समाचार

    वैशाख पूर्णिमामा यस वर्ष प्रसिद्व घुम्टे लेक नचढने भए श्रद्वालु भक्तजनहरु ।

  • थम्मन थापा
  • २०७७ बैशाख २१, आईतबार (६ साल अघि)
  • ६९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बाग्लुङ्ग –

    फेसबुकमा पछ्याउनुहोस्

    जिल्लाको प्रसिद्व घुम्टे लेकमा वैशाख पूर्णिमा अर्थात बुद्व जयन्तीको अवसरमा भव्य मेला लाग्ने गर्दथ्यो । घुम्टे धार्मिक एवं प्राकृतिक हिसाबले अत्यन्तै महत्वपुर्ण क्षेत्र हो । पौराणिक काल देखि नै वैशाख पूर्णिमामा घुम्टेमा हजारौं श्रद्वालु भक्तजनहरु पूजाअर्चना तथा धार्मिक भ्रमणको निम्ति त्यहाँ पुग्ने गर्दथे । यस वर्ष घुम्टेमा वैशाख पूर्णिमामा हुँदै आएको मेला स्थगित गरिएको छ । विश्व नै कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट प्रभावित भईरहेको अवस्थाले नेपाल अहिले लक डाउन छ । कोरोना संक्रमण फैलिन नदिन देशैभर सावधानी र सतर्कता अपनाईएको छ ।

    नेपाल सरकारले घोषणा गरेको लक डाउनलाई मध्यनजर गरि प्रत्येक वर्ष गलकोटको घुम्टेमा लाग्ने वैशाख पुर्णिमा मेला यस वर्ष भनें स्थगित गरिएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले भिडियो कन्फ्रेन्स मार्फत बैठक बसि वैशाख पुर्णिमाका दिन सञ्चालन गर्दै आएका सम्पुर्ण पुजाआजा र मेला स्थगित गर्ने निर्णय गरेको केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए । देश लक डाउनमा रहेको र कोरोना भाईरसको संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गरि मेला स्थगित गरिएको अध्यक्ष बस्नेतले बताए । यस वर्ष पुर्णिमा वैशाख २४ गते परेको छ । हरेक वर्ष वैशाख पुर्णिमाका दिन घुम्टेमा भव्य मेला लाग्ने गर्दथ्यो ।

    घुम्टेमा रहेका सिद्ध भैरवको मन्दिरमा दर्शन गर्न र भाकल तथा पुजाआजा गर्न बागलुङ जिल्ला सँगै छिमेकी जिल्लाहरु पर्वत, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, कास्की, तनहुँ, रुकुम लगायतका जिल्लाबाट हजारौं हजार श्रद्वालु भक्तजनहरु त्यहाँ पुग्ने गर्दथे । केन्द्रले यस वर्ष बुद्व जयन्ती अर्थात वैशाख पुर्णिमाको दिन वैशाख २४ गते घुम्टेमा नजान सम्पुर्ण पर्यटक तथा श्रद्धालु भक्तजनहरुलाई अपिल समेत गरेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए ।

    पुर्णिमा दिन गरिने पुजाआजालाई लकडाउन खुले सँगै देशको अवस्था सामान्य भएपछि उपयुक्त तिथि मिती अनुसार निरन्तरता दिईने वरिष्ठ उपाध्यक्ष थापाको भनाई छ । केन्द्रले यस अघि नै लकडाउनको समयमा घुम्टेमा नजानको लागि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनुरोध गरेको छ । केन्द्रले पुर्णिमाका दिन वा लकडाउनको समयमा घुम्टे नजान आग्रह गर्दै गलकोट नगरपालिका र ताराखोला गाँउपालिका र सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न अनुरोध गर्ने, घुम्टे जाने मुख्य नाका गलकोट नगरपालिका वडा नं ५ को टेउवा र हरिचौर बजार वडा नं १० को पाण्डवखानी, वडा नं ७ को मल्म र ताराखोला गाँउपालिका वडा नं ३ हिलको नाकामा केन्द्रका पदाधिकारीहरुले पुर्णिमाका दिन उच्च निगरानी गरिने केन्द्रका सचिव सेरबहादुर थापाले जानकारी दिए ।

    लक डाउनको समयमा घुम्टेमा पुजाआजा रोकिदा श्रद्धालु भक्तजनहरुमा पर्न गएको असुविधा प्रति केन्द्रले क्षमाप्रार्थी रहेको उल्लेख गरेको छ । यता बुद्व जयन्तीको अवसरमा घुम्टे प्राकृतिक तथा सांस्कृतिक मञ्च गलकोट नगरपालिका १० पाण्डवखानीले आयोजना गर्दै आईरहेको वैशाखे पुर्णिमा मेला पनि स्थगित गरिएको छ । लक डाउन र विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन मेला स्थगित गरिएको संस्थाले जनाएको छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑