• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २२, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

    in
    आज: २०८३ भाद्र २२, सोमबार
    होमपेज /  मुख्य समाचार

    हाम्रो विनम्र अनुरोध छ सरकार ! हामी जोखिममा छौँ, उद्धार गर ।’हवाईजहाज पठाइदेऊ, भाडा आफैँ तिर्छौं..

  • बुटवल दैनिक
  • २०७७ बैशाख २१, आईतबार (६ साल अघि)
  • १४६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौँ– बंगलादेशको ढाकास्थित समोरिता मेडिकल कलेज कोरोना भाइरस संक्रमणको त्रासले आगामी सेप्टेम्बरसम्मलाई बन्द गरिएको छ । त्यही कलेजका विद्यार्थी हुन् सर्लाहीका अजय साह ।

    फेसबुकमा पछ्याउनुहोस्

    उनी मोहम्मदपुरस्थित होस्टलको क्वारेन्टाइनमा छन् । होस्टलमा बस्ने बंगालीहरू घर फर्किसकेका छन् । अजयसँगै १२ जना नेपाली विद्यार्थी भने होस्टलको कोठाभित्रै थुनिएर बस्नुपरेको छ । त्यही क्षेत्रमा हालसम्म साढे तीन सय जनाभन्दा बढीमा कोरोना संक्रमण भइसकेको छ ।

    उनीहरू बसेको क्षेत्रमा नेपालमा जस्तो लकडाउनमा कडाइ पनि छैन । आवश्यक सामान किन्न बजार जानुपर्छ । होस्टल भएको भवनमा कार्यरत एक जना सुरक्षा गार्डमा हालै कोरोना संक्रमण देखियो । यसपछि नेपाली विद्यार्थीहरू आतेसमा परेका छन् ।

    ‘म बसेको एरियामा साढे तीन सयभन्दा बढीमा कोरोना देखिएको छ । म बसेकै होस्टल कै भवनमा कार्यरत गार्डमा पनि कोरोना देखियो । यहाँको लकडाउन पनि निकै खुकुलो छ,’ अजयले खबरहबसँग भने, ‘हामीलाई खाद्यान्न र तरकारी लिन बजार जानै पर्ने बाध्यता छ, संक्रमित हुन्छौँ कि भन्ने निकै डर छ ।’

    अजय परिवारजनसँग निरन्तर सम्पर्कमा छन् । कुनै कारणले एक–दुई दिन कुरा भएन भने परिवारमा चिन्ता बढ्छ ।

    ‘परिवारसँग निरन्तर सम्पर्क हुन्छ । कुनै बेला बिजुली वा इन्टरनेट नभएर सम्पर्क भएन भने परिवार निकै आत्तिनुहुन्छ,’ साहले मलिन स्वरमा भने, ‘यहाँ जुनसुकै बेला कोरोना संक्रमण हुने जोखिम छ । नेपालमा परिवार मेरै चिन्तामा छन् ।’

    डाक्टर बन्ने सपना लिएर बंगलादेश पुगेका अजय र उनका नेपाली साथीहरू संक्रामक रोगको जोखिममा छन् । ‘न पढाइ छ, न काम, अर्काको देशमा संक्रमणको जोखिम लिएर कति दिन बस्ने ! सेप्टेम्बरसम्म कलेज खुल्दैन, यहाँ बसिरहन आर्थिक समस्या पनि हुन थालेको छ,’ अजयले भने । सरकारले समयमै उद्धार गरोस् भन्ने उनको आग्रह छ ।

    अजयका भारतीय साथीहरूलाई फिर्ता लैजाने निर्णय भारत सरकारले गरिसकेको छ । नेपाल सरकारले भने उद्धारको कुनै पहल नगरेको अजयको गुनासो छ ।

    ‘भारत सरकारले आफ्ना नागरिकलाई ५ तारिक (मे) मा आफ्नो देश फर्काउने भनिसकेको छ । हाम्रो सरकारले अहिलेसम्म कुरा सुनेको छैन,’ अजयले खबरहबसँग भने, ‘यस्तो महामारीको समयमा हामी नेपालीहरू पीडामा छौँ, हाम्रो सरकार आफ्नै पार्टीको समस्यामा अल्झेर बसेको छ ।’

    अजयको आग्रह छ– ‘आफूहरूलाई कोरोना संक्रमण नहुँदै सरकारले उद्धार गरिदेओस् । ‘हामी संक्रमणको उच्च जोखिममा छौँ । सरकारले समयमा उद्धार गरेन भने हामी कोरोना संक्रमित हुनेछौँ,’ उनले भने, ‘हामी होस्टलभित्रै पनि संक्रमित हुने खतरा छ । सरकारले हाम्रो कुरा सुनिदिओस् ।’

    अजयका अनुसार बंगलादेशमा साढे ७ सय जना नेपाली छन् । जसमध्ये करिब ६ सय जना मेडिकल विद्यार्थी छन् ।

    काठमाडौँ घर भएकी अनु गुरुङ पनि बंगलादेशमा अलपत्र परेकी नेपाली हुन् । उनी बंगलादेशको प्राइम मेडिकल कलेजबाट पढाइ पूरा गरेर नेपाल फर्किने तयारीमा थिइन् । बंगलादेशको रंगपुरमा ६ वर्ष बसेकी अनु फर्किने तयारीमै रहेका वेला लकडाउन भएपछि उतै रोकिइन् ।

    ‘म पढाइ सकेर नेपाल फर्किने प्रक्रियामा थिएँ तर लकडाउनले गर्दा रोकिएँ,’ अनुले खबरहबसँग भनिन्, ‘मजस्तै इन्टर्न सकेर बसेका धेरै डाक्टर हुनुहुन्छ । हामी घर फर्किने समयमा यहाँ बस्नुपर्दा होस्टलले पैसा माग्न थालेको छ ।’

    बंगलादेश मुस्लिम बहुल देश हो । अहिले मुस्लिम समुदायको रमजान पर्व चलिरहेको छ । बजारमा भिडभाड छ । नेपाली विद्यार्थीहरूलाई खाद्यान्न पाउन पनि समस्या छ ।

    लकडाउनले घरबाट पैसा पठाउन सम्भव नभएको र आफूलाई खानबस्न समस्या परेको अनुले बताइन् ।

    ‘हामीलाई खाना पाउँन पनि गाह्रो भएको छ । एक दिन ल्याएको खाना तीन दिनसम्म खाने गरेका छौँ,’ अनुले भनिन्, ‘अहिले मसँगै इन्टर्न सकेर बसेका डाक्टरहरूलाई आर्थिक समस्या पर्न थालेको छ । हामीले न नेपालबाट पैसा मगाउन सक्छौँ न त हामीसँग छ, के खाने ! होस्टललाई कसरी पैसा तिर्ने ! समस्या परेको छ ।’

    कतिपय मेडिकल कलेजका होस्टलहरूमा नेपाली महिला विद्यार्थी पनि छन् ।

    ‘कतिपय होस्टलमा नेपाली केटीहरू मात्र बस्नुपरेको छ । एउटा भवनमा एक–दुई जनामात्र नेपाली केटीहरू बस्नुपरेको छ,’ अनुले भनिन्, ‘हामीलाई राम्रो सुरक्षा पनि छैन, होस्टलमै पनि कुनै घटना हुने हो कि भन्ने डर छ ।’

    बंगलादेशस्थित नेपाली दूतावास र सरकारी निकायहरूमा आफ्नो समस्या राखे पनि सुनुवाइ नभएको अनुको भनाइ छ । ‘दूतावास र श्रम मन्त्रालयलाई समस्या सुनाएको एक महिना भइसक्यो,’ अनुले भनिन्, ‘उहाँहरूले उद्धारको प्रयास गर्दैछौँ भनेको पनि एक महिना भयो ।’

    अनुको आग्रह छ– सरकारले हवाईजहाज पठाइदेओस्, भाडा हामी आफैँ तिर्छौं र सरकारले तोकेको स्थानमा क्वारेन्टाइनमा बस्छौँ । बिन्ती छ सरकार ! हामी अहिलेसम्म संक्रमित भएका छैनौँ । छिटो उद्धार गरिदिनुस् ।’

    अनुले नेपाल फर्किन पाए क्वारेन्टाइन बसाइ सकेपछि आफुहरू कोरोना नियन्त्रणको काममा खट्न तयार रहेको बताइन् । ‘हामी मेडिकल क्षेत्रका हौँ । सरकारलाई कोरोना नियन्त्रणको काममा सघाउन पनि तयार छौँ,’ अनुले भनिन् ।

    बंगलादेश कम्युनिटी बेस्ड मेडिकल कलेजमा एमबीबीएस तेस्रो वर्षका विद्यार्थी रौतहटका इशान जैसवालको पनि कलेज बन्द भएको डेढ महिना भयो । उनी बसेको माइमेन्सिङ शहरमा कोरोना संक्रमितको संख्या बढ्दै छ । चिकित्सकहरू समेत संक्रमित भएका छन् ।

    इशान पढ्ने कलेजलाई अहिले कोरोना विशेष अस्पताल बनाइएको छ । उनको होस्टल त्यही विशेष अस्पतालको नजिकै छ । उनी आफूलाई संक्रमणको उच्च जोखिममा रहेको मान्छन् । इशानसँगै ३१ जना नेपाली मेडिकल विद्यार्थी छन् ।

    कलेजले नै खाने बस्ने सुविधा दिएको भए पनि व्यवस्थापन भने विद्यार्थी आफैँले गर्नुपर्छ । इशान खानेकुरा किन्न तीन दिनको अन्तरमा बजार जान्छन् । लकडाउन निकै खुकुलो छ ।

    होस्टलमा खाना बनाउने व्यक्ति घरबाटै आउ–जाउ गर्छन् । होस्टलमा सामूहिक खाना हुन्छ । बाहिर हिँडडुल गर्ने व्यक्तिसँग सम्पर्क हुँदा कोरोना सर्ने त्रास रहेको इशान बताउँछन् ।

    ‘कलेजले खाने बस्ने सुविध दिए पनि खानेकुरा लिन पालैपालो बजार जानुपर्छ । खाना पकाउने कुकहरू पनि बाहिरबाट आउनुहुन्छ । उहाँ घरमा कसरी बस्नुहुन्छ कोरोनाको जोखिममा हुनुहुन्छ कि, हामीलाई थाहा छैन,’ इशानले खबरहबसँग भने ।

    वार्षिक परीक्षा सकिएर कलेज बिदा हुने र घर फर्किने समयमा लकडाउन हुँदा आफूहरू मानसिक तनावमा परेको इशानको भनाइ छ ।

    ‘हामीले एक वर्षको एकमुष्ठ खर्च लिएर आएका हुन्छौँ, अहिले परीक्षा सकेर घर जाने समय हो,’ इशानले भने, ‘लकडाउनले गर्दा घरबाट पैसा पठाउन सक्नुभएको छैन । हामीलाई आर्थिक समस्या हुन थालेको छ । मानसिक तवानले डिप्रेसनमा पर्न लागेका छौँ ।’

    एक महिना अघिदेखि नै उद्धार गर्न आग्रह गरे पनि आफ्नो सरकारले नसुनेको गुनासो इशानको छ ।

    ‘एक महिना भइसक्यो, हामीलाई उद्धार गरिदिनुस् भनेर गुहारेको, अहिलेसम्म सरकारले सुनेन,’ इशानले भावुक स्वरमा भने, ‘सरकारले हामी बाकसमा फर्किएको हेर्न चाहेको हो ? हाम्रो विनम्र अनुरोध छ सरकार ! हामी जोखिममा छौँ, उद्धार गर ।’-khabarhub

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    समाचार

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑