• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ३, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टिभीलाई

      ४ घण्टा अघि

      जे सि ई बुटवल लेडिजकाे अधिवेशन अध्यक्षमा राना

      ४ घण्टा अघि

      कपिलवस्तुकाे महाराजगन्जमा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न

      ५ घण्टा अघि

      नेपाली काङ्ग्रेस मदानेद्बारा पुर्कोटदहमा बिरोधसभा सम्पन्न

      ६ घण्टा अघि

      नेपाली काङ्ग्रेस नगर कमिटि विराेध प्रर्दशन

      ६ घण्टा अघि

      जनविश्वास माथी खेलवाड भयाेे :पूर्वमन्त्री जाेशी

      ६ घण्टा अघि

      नेपाली कथानक चलचित्र ‘सपनीमा’को शुभ मुहुर्त बुटवलमा

      ९ घण्टा अघि

      काङ्ग्रेस शुद्धोधनद्बारा फर्साटिकरमा बिरोधसभा सम्पन्न

      १० घण्टा अघि

      अन्जान कार्कि र एन्जल खनालको लोकदोहोरी ‘जुनी जुनीलाई’ चर्चामा

      १४ घण्टा अघि

      हजुरआमाको पटुकीमा बाँधेको चाबिबाट खुल्ने हजुरआमाको त्यो सन्दुक

      १७ घण्टा अघि

      जानकी माध्यमिक विद्यालय मा शाैचालयकाे बेहाल, विद्यार्थी भन्छन् -हेर्नै नसक्ने

      १७ घण्टा अघि

      मिति २०७७ माघ ३ गतेको राशिफल हेर्नुहोस्

      १८ घण्टा अघि

      विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

      १ दिन अघि

      शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित

      १ दिन अघि

      कपिलवस्तुकाे विजयनगरमा किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्‍याली (फोटोफिचर)

      १ दिन अघि
    in
    आज: २०७७ माघ ३, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    हाम्रो विनम्र अनुरोध छ सरकार ! हामी जोखिममा छौँ, उद्धार गर ।’हवाईजहाज पठाइदेऊ, भाडा आफैँ तिर्छौं..

  • बुटवल दैनिक
  • २०७७ बैशाख २१, आईतबार (८ महिना अघि)
  • ४३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौँ– बंगलादेशको ढाकास्थित समोरिता मेडिकल कलेज कोरोना भाइरस संक्रमणको त्रासले आगामी सेप्टेम्बरसम्मलाई बन्द गरिएको छ । त्यही कलेजका विद्यार्थी हुन् सर्लाहीका अजय साह ।

    उनी मोहम्मदपुरस्थित होस्टलको क्वारेन्टाइनमा छन् । होस्टलमा बस्ने बंगालीहरू घर फर्किसकेका छन् । अजयसँगै १२ जना नेपाली विद्यार्थी भने होस्टलको कोठाभित्रै थुनिएर बस्नुपरेको छ । त्यही क्षेत्रमा हालसम्म साढे तीन सय जनाभन्दा बढीमा कोरोना संक्रमण भइसकेको छ ।

    उनीहरू बसेको क्षेत्रमा नेपालमा जस्तो लकडाउनमा कडाइ पनि छैन । आवश्यक सामान किन्न बजार जानुपर्छ । होस्टल भएको भवनमा कार्यरत एक जना सुरक्षा गार्डमा हालै कोरोना संक्रमण देखियो । यसपछि नेपाली विद्यार्थीहरू आतेसमा परेका छन् ।

    ‘म बसेको एरियामा साढे तीन सयभन्दा बढीमा कोरोना देखिएको छ । म बसेकै होस्टल कै भवनमा कार्यरत गार्डमा पनि कोरोना देखियो । यहाँको लकडाउन पनि निकै खुकुलो छ,’ अजयले खबरहबसँग भने, ‘हामीलाई खाद्यान्न र तरकारी लिन बजार जानै पर्ने बाध्यता छ, संक्रमित हुन्छौँ कि भन्ने निकै डर छ ।’

    अजय परिवारजनसँग निरन्तर सम्पर्कमा छन् । कुनै कारणले एक–दुई दिन कुरा भएन भने परिवारमा चिन्ता बढ्छ ।

    ‘परिवारसँग निरन्तर सम्पर्क हुन्छ । कुनै बेला बिजुली वा इन्टरनेट नभएर सम्पर्क भएन भने परिवार निकै आत्तिनुहुन्छ,’ साहले मलिन स्वरमा भने, ‘यहाँ जुनसुकै बेला कोरोना संक्रमण हुने जोखिम छ । नेपालमा परिवार मेरै चिन्तामा छन् ।’

    डाक्टर बन्ने सपना लिएर बंगलादेश पुगेका अजय र उनका नेपाली साथीहरू संक्रामक रोगको जोखिममा छन् । ‘न पढाइ छ, न काम, अर्काको देशमा संक्रमणको जोखिम लिएर कति दिन बस्ने ! सेप्टेम्बरसम्म कलेज खुल्दैन, यहाँ बसिरहन आर्थिक समस्या पनि हुन थालेको छ,’ अजयले भने । सरकारले समयमै उद्धार गरोस् भन्ने उनको आग्रह छ ।

    अजयका भारतीय साथीहरूलाई फिर्ता लैजाने निर्णय भारत सरकारले गरिसकेको छ । नेपाल सरकारले भने उद्धारको कुनै पहल नगरेको अजयको गुनासो छ ।

    ‘भारत सरकारले आफ्ना नागरिकलाई ५ तारिक (मे) मा आफ्नो देश फर्काउने भनिसकेको छ । हाम्रो सरकारले अहिलेसम्म कुरा सुनेको छैन,’ अजयले खबरहबसँग भने, ‘यस्तो महामारीको समयमा हामी नेपालीहरू पीडामा छौँ, हाम्रो सरकार आफ्नै पार्टीको समस्यामा अल्झेर बसेको छ ।’

    अजयको आग्रह छ– ‘आफूहरूलाई कोरोना संक्रमण नहुँदै सरकारले उद्धार गरिदेओस् । ‘हामी संक्रमणको उच्च जोखिममा छौँ । सरकारले समयमा उद्धार गरेन भने हामी कोरोना संक्रमित हुनेछौँ,’ उनले भने, ‘हामी होस्टलभित्रै पनि संक्रमित हुने खतरा छ । सरकारले हाम्रो कुरा सुनिदिओस् ।’

    अजयका अनुसार बंगलादेशमा साढे ७ सय जना नेपाली छन् । जसमध्ये करिब ६ सय जना मेडिकल विद्यार्थी छन् ।

    काठमाडौँ घर भएकी अनु गुरुङ पनि बंगलादेशमा अलपत्र परेकी नेपाली हुन् । उनी बंगलादेशको प्राइम मेडिकल कलेजबाट पढाइ पूरा गरेर नेपाल फर्किने तयारीमा थिइन् । बंगलादेशको रंगपुरमा ६ वर्ष बसेकी अनु फर्किने तयारीमै रहेका वेला लकडाउन भएपछि उतै रोकिइन् ।

    ‘म पढाइ सकेर नेपाल फर्किने प्रक्रियामा थिएँ तर लकडाउनले गर्दा रोकिएँ,’ अनुले खबरहबसँग भनिन्, ‘मजस्तै इन्टर्न सकेर बसेका धेरै डाक्टर हुनुहुन्छ । हामी घर फर्किने समयमा यहाँ बस्नुपर्दा होस्टलले पैसा माग्न थालेको छ ।’

    बंगलादेश मुस्लिम बहुल देश हो । अहिले मुस्लिम समुदायको रमजान पर्व चलिरहेको छ । बजारमा भिडभाड छ । नेपाली विद्यार्थीहरूलाई खाद्यान्न पाउन पनि समस्या छ ।

    लकडाउनले घरबाट पैसा पठाउन सम्भव नभएको र आफूलाई खानबस्न समस्या परेको अनुले बताइन् ।

    ‘हामीलाई खाना पाउँन पनि गाह्रो भएको छ । एक दिन ल्याएको खाना तीन दिनसम्म खाने गरेका छौँ,’ अनुले भनिन्, ‘अहिले मसँगै इन्टर्न सकेर बसेका डाक्टरहरूलाई आर्थिक समस्या पर्न थालेको छ । हामीले न नेपालबाट पैसा मगाउन सक्छौँ न त हामीसँग छ, के खाने ! होस्टललाई कसरी पैसा तिर्ने ! समस्या परेको छ ।’

    कतिपय मेडिकल कलेजका होस्टलहरूमा नेपाली महिला विद्यार्थी पनि छन् ।

    ‘कतिपय होस्टलमा नेपाली केटीहरू मात्र बस्नुपरेको छ । एउटा भवनमा एक–दुई जनामात्र नेपाली केटीहरू बस्नुपरेको छ,’ अनुले भनिन्, ‘हामीलाई राम्रो सुरक्षा पनि छैन, होस्टलमै पनि कुनै घटना हुने हो कि भन्ने डर छ ।’

    बंगलादेशस्थित नेपाली दूतावास र सरकारी निकायहरूमा आफ्नो समस्या राखे पनि सुनुवाइ नभएको अनुको भनाइ छ । ‘दूतावास र श्रम मन्त्रालयलाई समस्या सुनाएको एक महिना भइसक्यो,’ अनुले भनिन्, ‘उहाँहरूले उद्धारको प्रयास गर्दैछौँ भनेको पनि एक महिना भयो ।’

    अनुको आग्रह छ– सरकारले हवाईजहाज पठाइदेओस्, भाडा हामी आफैँ तिर्छौं र सरकारले तोकेको स्थानमा क्वारेन्टाइनमा बस्छौँ । बिन्ती छ सरकार ! हामी अहिलेसम्म संक्रमित भएका छैनौँ । छिटो उद्धार गरिदिनुस् ।’

    अनुले नेपाल फर्किन पाए क्वारेन्टाइन बसाइ सकेपछि आफुहरू कोरोना नियन्त्रणको काममा खट्न तयार रहेको बताइन् । ‘हामी मेडिकल क्षेत्रका हौँ । सरकारलाई कोरोना नियन्त्रणको काममा सघाउन पनि तयार छौँ,’ अनुले भनिन् ।

    बंगलादेश कम्युनिटी बेस्ड मेडिकल कलेजमा एमबीबीएस तेस्रो वर्षका विद्यार्थी रौतहटका इशान जैसवालको पनि कलेज बन्द भएको डेढ महिना भयो । उनी बसेको माइमेन्सिङ शहरमा कोरोना संक्रमितको संख्या बढ्दै छ । चिकित्सकहरू समेत संक्रमित भएका छन् ।

    इशान पढ्ने कलेजलाई अहिले कोरोना विशेष अस्पताल बनाइएको छ । उनको होस्टल त्यही विशेष अस्पतालको नजिकै छ । उनी आफूलाई संक्रमणको उच्च जोखिममा रहेको मान्छन् । इशानसँगै ३१ जना नेपाली मेडिकल विद्यार्थी छन् ।

    कलेजले नै खाने बस्ने सुविधा दिएको भए पनि व्यवस्थापन भने विद्यार्थी आफैँले गर्नुपर्छ । इशान खानेकुरा किन्न तीन दिनको अन्तरमा बजार जान्छन् । लकडाउन निकै खुकुलो छ ।

    होस्टलमा खाना बनाउने व्यक्ति घरबाटै आउ–जाउ गर्छन् । होस्टलमा सामूहिक खाना हुन्छ । बाहिर हिँडडुल गर्ने व्यक्तिसँग सम्पर्क हुँदा कोरोना सर्ने त्रास रहेको इशान बताउँछन् ।

    ‘कलेजले खाने बस्ने सुविध दिए पनि खानेकुरा लिन पालैपालो बजार जानुपर्छ । खाना पकाउने कुकहरू पनि बाहिरबाट आउनुहुन्छ । उहाँ घरमा कसरी बस्नुहुन्छ कोरोनाको जोखिममा हुनुहुन्छ कि, हामीलाई थाहा छैन,’ इशानले खबरहबसँग भने ।

    वार्षिक परीक्षा सकिएर कलेज बिदा हुने र घर फर्किने समयमा लकडाउन हुँदा आफूहरू मानसिक तनावमा परेको इशानको भनाइ छ ।

    ‘हामीले एक वर्षको एकमुष्ठ खर्च लिएर आएका हुन्छौँ, अहिले परीक्षा सकेर घर जाने समय हो,’ इशानले भने, ‘लकडाउनले गर्दा घरबाट पैसा पठाउन सक्नुभएको छैन । हामीलाई आर्थिक समस्या हुन थालेको छ । मानसिक तवानले डिप्रेसनमा पर्न लागेका छौँ ।’

    एक महिना अघिदेखि नै उद्धार गर्न आग्रह गरे पनि आफ्नो सरकारले नसुनेको गुनासो इशानको छ ।

    ‘एक महिना भइसक्यो, हामीलाई उद्धार गरिदिनुस् भनेर गुहारेको, अहिलेसम्म सरकारले सुनेन,’ इशानले भावुक स्वरमा भने, ‘सरकारले हामी बाकसमा फर्किएको हेर्न चाहेको हो ? हाम्रो विनम्र अनुरोध छ सरकार ! हामी जोखिममा छौँ, उद्धार गर ।’-khabarhub

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टिभीलाई

    जे सि ई बुटवल लेडिजकाे अधिवेशन अध्यक्षमा राना

    कपिलवस्तुकाे महाराजगन्जमा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न

    नेपाली काङ्ग्रेस मदानेद्बारा पुर्कोटदहमा बिरोधसभा सम्पन्न

    नेपाली काङ्ग्रेस नगर कमिटि विराेध प्रर्दशन

    जनविश्वास माथी खेलवाड भयाेे :पूर्वमन्त्री जाेशी

    समाचार

    प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टिभीलाई

    जे सि ई बुटवल लेडिजकाे अधिवेशन अध्यक्षमा राना

    कपिलवस्तुकाे महाराजगन्जमा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न

    नेपाली काङ्ग्रेस मदानेद्बारा पुर्कोटदहमा बिरोधसभा सम्पन्न

    बुटवल दैनिक बिशेष

    प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टिभीलाई

    नेपाली कथानक चलचित्र ‘सपनीमा’को शुभ मुहुर्त बुटवलमा

    अक्सफोर्डमा इन्टरनेशनल स्कुल अवार्ड परियोजना कार्यक्रम प्रदर्शन

    शाइन रेसुङ्गा बैंकको १२ औं साधारणसभा अध्यक्षमा थानेश्वर पौडेल चयन

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४८२ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५१८ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३८१ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३६६ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३४८ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १६९४ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑