• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २२, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

    in
    आज: २०८३ भाद्र २२, सोमबार
    होमपेज /  प्रदेश नं. १

    मेयर राईले बनाए भगत परिवारको बिचल्ली,नगरवासी अुन्तुष्ट बन्दै

  • बुटवल दैनिक
  • २०७७ बैशाख २०, शनिबार (६ साल अघि)
  • २६३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६१ मिनेट
  • फाईल तस्विर

    विराटनगर / पटक पटक विवादित बन्दै आएका मोरङको रतुवामाई नगरपालिका मेयर रवीन राई फेरी अर्को विवादमा मुछिएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    निर्वाचित बनेको केही समय राम्रो काम गरेका उनी पछिल्लो समय विभिन्न विवादमा मुछिँदै जान थालेपछि नगरवासी अुन्तुष्ट बन्दै गएका छन् ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रणमा सम्पूर्ण ध्यान लगाउनु पर्ने भएपनी लक डाउनको समयमा सोही नगरपालिका स्थित एक परिवारलाई बिचल्ली बनाएको पिडित परिवारले आरोप लगाएका छन् ।

    यतिबेला सिंगो मुलक लकडाउनमा रहेका बेला मेयर राईकै अगुवाईमा रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर बजारमा एक परिवारको बिचल्ली बनाएको पिडित परिवारले आरोप लगाएका हुन् ।
    लक डाउनका अघिसम्म सोही बजारमा चिया पसल सञ्चालन गर्दै आएका गंगाप्रसाद भगतले आफ्नो परिवारको मेयर राईलेनै गुण्डागर्दी शैलिमा बिचल्ली बनाएको आरोप लगाएका छन् ।

    मेयर राईले आफ्नो निजि जमिनमा घर बनाउन लागेपनि भत्काई दिएर यतिबेला आफुहरुको टहरामा बास भएको भगतले बताए । भगतले आफुपनि नेपाली कांग्रेस समर्थक रहँदै आएपनी पछिल्लो समय मेयर राईको कार्यशैलीप्रति असन्तुष्टि जनाएपछी उनले यतिबेला रिसिइबी साँध्न आफुहरुलाई विल्लीबाठ बनाएको आरोप लगाए । ‘चुनाबमा मैले पनि भोट दिएको हो । मेयर राईलाई जिताउन परिवारका सवैले सघाएकै हौँ । उनले भने,‘५२ सालदेखिको यहाँ हाम्रो घर छ, यो जग्गापनि मेरै पर्छ । बैंकमा यहि जग्गा राखेर ३ लाख ऋण समेत लिएका छौँ । टाटि बेरा कमजोर भएपछी भत्काएर फेरी बनाउन खोज्दा मेयर आफैले गुण्डा गर्दी शैलिमा आधा बनिससेको घर भइकाई दिनुभएको छ । यो के गर्न खोजेको हो ? मेयर हुँ भन्दैमा यस्तो अत्याचार गर्न पाइन्छ ?’

    भगतले आफ्नो सोही जग्गामा सामान्य फुसको घरमा २०५२ सालदेखि चिया पशल सञ्चालन गर्दै आएको बताउँदै मक्किएर भत्किन लागेपनि पुननिर्माण गर्न खोजेपछि पटक पटक मेयर राईले नबनाउन दवाव दिएको र आधा बनिसकेको घर आफै आएर गुण्डागर्दी शैलिमा भत्काई दिएको आरोप लगाए ।

    उनले मेयर राईले घर भत्काई दिएपछी हावाहुरी, चड्याङ र पानी पर्ने यो समयमा श्रीमती, बुहारी र ५ महिनासहितका २ नातीको हटियामै रहेको एक टहरामा बास भएकाले आफु अन्यामा परेको गुनासो गरे । ‘मैले आज आफ्नै सम्पत्तिमा घर बनाउन नपाउने मेयरको कस्तो कानुन हो ? मैले घर बनाउन किन नपाउँने भन्ने कारण लिखित रुपमा मेयरलाई दिनुभन्दा म नै कानुन हुँ । तिमीहरुले घर बनाउन पाउँदैनौँ, जेसुकै गर, सक्छौँ भने अदालत जाउ भन्नुहुन्छ ।’ उनले भने,‘मेरो घर पछाडी वडा अध्यक्ष कन्हैयालाल राजवंशीको आफन्तको बिल्डीङको शो हराउँछ भनेर मेयरलाई भनेर घर बनाउन नदिएको हो ।’ उनले यतिवेला आफुहरुको बस्ने ठाउँ नरहेकाले अन्यायमा परेको भन्दै न्यायका लागि याचना गरेका छन् ।

    यसरी सुरु भयो विवाद
    भगतका अनुासार गोविन्दुर बजारसँगै जोडिएको भगत परिवारको २ कट्ठा १३ धुर निजि जग्गा रहेको छ । २०५२ साल अघिदेखिनै सोठी ठाउँमा फुसको घर बनाएर बस्दै आएका उनीहरले उक्त २ कट्ठा १३ धुर जग्गा को हटिया छाडेर अलिक पर पक्कि घर निर्माण सुरु गरेको समेत देखिन्छ । आर्थिक अभावले गर्दा उक्त घर निर्माण पुरा गर्न नसक्दा उनीहरु बजार छेउकै फुसको घरमा बस्दै आएका थिए । चिया पसल रहेको फुसकै घरमा बस्दै आएका उनिहरुको छिमेकसिँग सम्बन्ध राम्रो सम्बन्ध छैन ।

    भगतको घर अगाडी नियमित हटिया लाग्छ । भगतको घरको पछाडी छिमेकीको २ तले पक्कि घर छ । सोही घरको ‘सो’ का लागि आफुलाई घर बनाउन नदिएको भगतको गुनासो छ । भगतका अनुसार उनका छिमेकी वडाअध्यक्षकै आफन्त भएकाले कुनै हालतमा आफुहरुलाई हटाई छाड्ने धम्की दिँदै आएका छन् । वडा अध्यक्षकै दवावमा मेयर राईले २ दिन अघि आफै आएर, छिमेकीहरुसमेत लगाएर आधा बनिसकेको घर भत्काई दिएको र घर बनाउने बाँसका कर्चीहरुमा आलो लगाइदिएको भगतले दावी गरे । उनले घर भत्काएर सवै सामान र गुम्तिमा रहेको पशलसमेत डोजर लगाएर फ्यालिदिएको आरोप लगाए ।

    ‘बैंकमा जग्गा राखेर ऋणसमेत लिएको आफ्नै जग्गामा घर बनाउन किन नपाउने ? यदि नगरपालिकालाई यो जग्गा हटियाका लागि चाहिएकै भए जबरजस्ति लिन पाइन्छ त ? नियम कानुन र प्रकृया होला नी ? उनले प्रश्न गरे ।

    उनले आफुले सो जग्गा नगरपालिकालाई दिनै परेपनि अहिले त्यो सम्भव नरहेको बताए । ‘अहिले हामीलाई बेघर बनाइएको छ । अहिले हटिया लाग्ने टहरोमा बिजोगले बसेका छौँ । सवैतिर बन्द छ ।’ उनले भने,‘हामीलाई बिजोग बनाएर मेयर हाई सन्चोले बस्नु जायज हो त ? हामीलाई तत्काल न्याय दिइयोस् ।’

    भगतका अनुसार मेयर राईले सुरुमा प्रहरीलाई दवाद दिएर घर बनाउन नदिएको र कानुनी हिसाबले नमिल्ने भएकाले प्र्रहरीले अस्वीकार गरिदिएपछी मेयर आफै पुगेर बन्दै गरेको घर भत्काएका हुन् ।

    विदेशमा भएका छोरा दिपेन भन्छन् :एक्लो भएर हेपियो
    केही वर्ष अघिदेखि जग्गा राखेर लिएको ऋण तिर्न बैदेशिक रोजगारीमा कुवेतमा रहेका छोरा दिपेनले टेलिफोन सम्पर्कमा घरमा एक्लो भएको मौका छोपेर आफ्नो परिवालाई शक्तिको भरमा हेपेको भन्दै आक्रोश व्यक्त गरे । उनले आफ्नो निजि जमिनमा पनि मेयर राईले घर बनाउन नदिएर ज्यादती गरेको आरोप लगाए ।

    ‘सवैतिर कोरोना त्रास छ । फेरी यतिबलाको मौसम कहिले के हुन्छ भन्न सकिँदैन । म घरमा नभएको मौका छोपेर मेरो ५ महिनाको नानि सहित आमा, बुवा र श्रीमतिको बिल्लबाठ बनाएको सुन्दा रोएर बसिरहनु परेको छ ।’ उनले भने,‘परदेशमा अलिकति कमाई हुन्छकी भनेर आएको मेरो परिवारको बिचल्ली बनाएछन् । अहिले कतै बस्ने ठाउँ पनि नभएकोबेला मेयरबाटै यति ठुलो अत्याचार हुनु धेरै दुखद हो ।’

    स्थानीय भन्छन् अन्याय भयो
    व्यक्तिगत रिसिइबीका कारण केही स्थानीय भगतको विपक्षमा भएपनी केहीले भगतमाथि अन्याय भएको बताएका छन् । स्थानीय बदरुद्धिन मियाँले यतिबेला भगत परिवार माथि अन्याय गरेको आरोप लगाए । ‘नगरपालिकाले जबरजस्ती अरुको नम्बरी जग्गा हटियाका लागि लिन पाउँदैन ।’ उनले भने,‘कि क्षतीपूर्ती दिनुपर्छ कि त खुशी बनाएर लिनुपर्छ । यसरी हावाहुरी र वर्षातको मौसममा एउटा परिवारको बिचल्ली बनाउन मेयर आफै लाग्नु दुखद हो । एकलौटि ढंगले यसरी पेल्न पाइँदैन ।’
    त्यस्तै अर्का स्थानीय मुन्ना भगतले पनि मेयर राईले बिचल्ली बनाउन नहुने बताए । ‘मेयर आफै लागेर भत्काउनु कुन नैतिकताले दियो ? यसरी निजि सम्पत्ति माथि नगरपालिकाले अधिकार जमाउन पाउँछ ?’ उनले भने,‘मयेरलाई जुन जग्गा मन पर्यो त्यहि लिन पाउने कानुन छ र ?’

    यस अघि मेयर राईले आफ्नै भाईलाई १ करोड १० लाख रुपैयाँमा शौचालय र नाला निर्माणको ठेक्का, प्रहरीलाई वितरण गर्न लागिएको स्यानिटाईजर कब्जा, नगरपालिकाको गाडी दुरुपयोग, चिनी तस्करीमा संलग्न वडा सदस्यको बचाउलगायतका कामबाट विवादित बनेका थिए ।- खबर पूर्वाञ्चल

    • #नगरवासी अुन्तुष्ट
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश नं. १ सम्बन्धि थप

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    समाचार

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑