बिराटनगर । प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश बिराटनगरमा कार्यरत प्रहरी जवान सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् । विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवलका साथ प्रहरी तालीम केन्द्रमा संचालीत प्रहरी जवान आधारभुत तथा उन्नत तालीममा बाह्य प्रशिक्षकको रुपमा खटिई प्रभावकारी प्रशिक्षण प्रदान गर्दै प्रशिक्षार्थी मैत्री वातावरणमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गराउने क्रियाकलापमा उत्प्रेरित गर्दै कुशल प्रशिक्षकको भूमिका निर्वाह गरी प्रशंसनिय कार्य गरेको भन्दै उनलाई उत्कृष्ट घोषणा गरिएको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।