सियारी रुपन्देही बैशाख १७ -रुपन्देही जिल्लाको सियारी गाउँपालिका वडा न:७ मा रहेको शुद्धोधन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको कार्य क्षेत्र रहेको शुद्धोधन र सियारी गाउपालिकाको विपद व्यवस्थापन कोषमा राहत हस्तान्तरण गरेको छ।
विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरना भाईरसले जनजिवन नै आक्रान्त भई नेपालमा समेत त्यसको प्रभाव भई त्यसको रोकथाम तथा नियन्त्रणका लागी देशमा लकडाउन जारी रहेकाले त्यसबाट आर्थिक तथा सामाजिक क्षेत्रमा समेत प्रतिकुल प्रभाव परि दैनिक जनजीवन कष्टकर भई दैनिक ज्यालादारी गरिखाने बिपन्न परिवारलाई राहत तथा स्वास्थ्य क्षेत्रमा गरिने खर्च व्यवस्थापन गर्नका लागि सहयोग पुगोस भनी सहकारीद्धारा शुद्धोधन र सियारी गाउँपालिकालाई २५०००का दरले हस्तान्तरण गरिएको छ।
सहकारी संस्थाका अध्यक्ष झपेन्द्र राज अर्याल,उपाध्यक्ष रामपाल यादव तथा प्रवन्धक सुमन घिमीरे उपस्थितिमा सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारु र शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीलाई चेक हस्तान्तरण गरिएको हो।