
मदाने गुल्मी,बैशाख १४ /
गुल्मीका एक युवाले यस्तो आपतकालीन समयमा उदाहरणीय कार्य गरेका छन । जिल्लाको मदाने गाउपालिका वडा नम्बर एक अग्लुङ्गका युवा समाजसेवी तथा नेपाली काङ्ग्रेसका सभापती सुशील चन्दले अलपत्र परेका नागरिकहरु प्रती चासो देखाउदै राहत तथा उद्घारमा लागेका छन ।
मुलुकमा लकडाउनको घोषणा भए सङ्गै आफ्नो गाउँ अग्लुङ्ग बाट अध्यान तथा विभिन्न सिलसिलामा काठमाडौंमा बसोबास गर्दै आएका नागरिकहरुलाइ समस्या परे आफ्नो व्यक्तिगत सहयोगबाट राहत प्रदान गर्ने बताएका छन ।
सरकरले लकडाउनमा एकठाउबाट अर्को ठाउ जान प्रतिबन्ध लगाएको अवस्थामा गुल्मीसम्म ल्याउन सम्भब नभएपनी आफ्नो व्यक्तिगत तर्फबाट राहत प्रदान गरि नागरिकहरुलाइ सहयोग गर्ने व्यवस्था मिलाउने उनले बताए । नेपाल सरकार राहत र उद्वारमा लागिरहेको छ ।तर पनि तपाइहरुको समस्याको समाधान भएन भने म तपाइहरुलाइ सहयोग गर्न तयार छु ।त्यस्तो अप्ठ्यारो पर्यो भने खबर गर्नु स ।उक्त युवा समाजसेवी तथा नेपाली काङ्ग्रेसका सभापति चन्दले बताए ।


