
मदाने गुल्मी,१४ बैशाख।
मदाने गाउपालिकामा दोस्रो चरणका राहात वितरण गरिने भएको छ। मदाने गाउँपालिकामा दोस्रो चरणका राहात सामाग्री वितरण गरिने भएको हो ।
विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड १९ नियन्त्रण रका लागि देशभर भेरहेको लकडाउनका कारण गरिब, मजदुर तथ अतिविपन्न घरपरिवारको स्थिति नाजुक भएकाले मदाने गाउँपालिकाका १२ सय ३० अति विपन्न घरपरिवारलाई राहात सामाग्री वितरण गर्न लागिएको मदाने गाउँपालिकाले जनाएको छ।
मदाने गाउँपालिका वडा न. १ अग्लुङ्गमा १८० घरपरिवार, वडा न.२ बाझकटेरीमा २०० घरपरिवार, वडा न.३ सिर्सेनीमा २०० घरपरिवार, वडा न. ४ म्यालपोखरीमा १३०, वडा न. ५ मलागिरीमा १५०, वडा न. ६ पुर्कोटदहमा १७० र वडा न. ७ भनभनेमा १९० घरपरिवारलाई राहात वितरण गरिने गाउपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिनुभएको छ । ‘ख’ बर्गमा परेका यी अतिविपन्न घरपरिवारहरुलाई राहात सामाग्री तत्काल वितरण गरिने बताइएको छ ।
यसका साथै विश्वव्यापी संकटमा रहेको कोरोना भाइरसको जोखिम बढेकाले नियन्त्रणका लागि अग्लुङ्गफेदीमा हेल्प डेस्क निर्माण गरिने भएको छ । गुल्मी र प्युठानको संगम स्थल अग्लुङ्ग फेदीमा हेल्पडेस्क निर्माण गरिने भएको हो । अग्लुङ्गफेदीको पारि पट्टी प्युठानबाट गुल्मी अग्लुङ्ग गाउँ आउने र अग्लुङ्गफेदी हुँदै अर्खा जानेहरुका लागि लक्षित गर्दै हेल्प डेस्क निर्माण गरिने बताइएको छ। यसले गर्दा गाउँमा बढेको जोखिम नियन्त्रण उच्च निगरानीका साथ गरि काम गरिने मदाने गाउँपालिकाले जनाएको छ ।


