• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ११, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन ११, आईतबार
    होमपेज /  मुख्य समाचार

    नेपाल कम्युनिष्ट पार्टीको शीर्ष तहमै पार्टी फुट्न सक्ने चिन्ता

  • २०७७ बैशाख १०, बुधबार (६ साल अघि)
  • ११५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दल फुटाउन खुकुलो हुने गरी अध्यादेश ल्याएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको शीर्ष तहमै पार्टी फुट्न सक्ने चिन्ता देखिएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले एकता प्रक्रियामा गम्भीर विचलन आएको संकेत गरेका छन् । पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पनि आन्तरिक एकता सुदृढ गर्नुपर्ने बताएका छन् ।

    कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा नेताहरुले जारी गरेका शुभकामना सन्देशमा पार्टी एकता बिथोल्न विभिन्न प्रयासहरु भइरहेकाले त्यसको सामना गरेर अघि बढ्नुपर्ने उल्लेख छ ।

    सन्देशमा पार्टी एकता बिथोल्न प्रतिक्रियावादीहरु सक्रिय भएको भन्दै चिन्ता समेत व्यक्त गरेको पाइएको छ। पार्टीको आन्तरिक एकतालाई थप सुदृढ बनाएर एकता प्रक्रियालाई पूर्णता दिनुपर्ने अध्यक्ष ओलीले बताएका छन् ।

    आन्तरिक एकतालाई थप सुदृढ तुल्याउनु र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा लैजानु अहिलेको प्रमुख आवश्यकता रहेको र त्यसका लागि लेनिन जयन्ती तथा नेकपा स्थापना दिवसले थप प्रेरणा दिने विश्वास ओलीले व्यक्त गरेका छन् ।

    तर अर्का अध्यक्ष दाहालले भने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको बताएका छन् । उनले पार्टी थप सुदृढ बनाउनका लागि सकारात्मक पहलको खाँचो रहेको उल्लेख गरेका छन् ।

    प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार रहेको उल्लेख गरेका छन् ।

    नेकपाभित्रको पूर्व माओवादी खेमाले प्रधानमन्त्रीको पदमा बसेका ओलीले अनौपचारिक रुपमा पार्टी फुटाइसकेको घोषणा सार्वजनिक रुपमै गरिसकेका छन् । स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले केपी ओलीले पार्टी फुटाइसकेको दाबी विभिन्न अन्तर्वार्तामार्फत गरेका छन् ।

    यस्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पार्टी एकताको रक्षाका लागि संकल्प गर्न आव्हान गरेका छन् ।

    ‘नेपाल कम्युनिष्ट पार्टीको ७२औं स्थापना दिवसको अवसरमा सबै कमरेडहरुलाई सदा कम्युनिष्ट भईरहन र समाजबाद निर्माणको क्रान्तिकारी उदेश्य पुरा गर्ने प्रकृयामा लागिरहन हार्दिक शुभकामना ब्यक्त गर्दछु।यस क्षणमा पार्टी एकताको रक्षा गर्न र समाजवादउन्मुख समृद्दिको लक्ष हाँसिल गर्न सङ्कल्प गरौं’, प्रवक्ता श्रेष्ठले भनेका छन् ।

    पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि अहिलेको महामारीको अवस्थामा दल फुटाउन खुकुलो पार्ने गरी सरकारले ल्याएको अध्यादेशमा असन्तुष्टि व्यक्त गरेका छन् ।

    तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने सरकारले आवश्यकता बोध गरेका कारण अध्यादेश आएकोले यसको विरोध गरिरहन आवश्यक नरहेको बताएका छन् ।

    • #कम्युनिष्ट पार्टी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑