बैशाख ७
पाल्पा तिनाउ गाउँ पालिकाको दोस्रो चरणको राहत वितरण कार्यक्रम अन्तरगत वडा नं. २ दोभानमा १०० घर विपन्न परिवारलाई राहत वितरण गरीएको छ । गाउँ पालिकाबाट वडामा पठाईएको १ लाख रुपैयाबाट उक्त राहत वितरण गरीएको वडा अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । वडा नं. ३ को मरेकमा चुनखानी संचालन गरीरहेको कन्चन कोएरिजले वडा नं. ६ को अर्खले, वडा नं. ३ को मरेक, लग्दुवा र झुम्सा गरी १०० घर परिवारलाई राहत सामग्री वितरण गरीएको छ ।
खानी संचालकले गाउँ पालिकालाई हस्तान्तरण गरीएको सामग्री गाउ पालिका अध्यक्ष ओम वहादुर घर्ती मगरले वडा अध्यक्षहरु टोम बहादुर पुन वडा नं. ६ र वडा नं. ३ को वडा अध्यक्ष प्रेम पाण्डेलाई हस्तान्तरण गरी वडा समितिले अति विपन्न परिवारलाई वितरण गरेको गाउँ पालिका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयो । कन्चन कोएरिजले हस्तान्तरण गरेको सामग्री २ लाख बराबरको भएको अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयो ।
त्यस्तै वडा नं. ५ को गिट्टी खानीमा संचालित डोलोमाईट चुनढँुगा खानी संचालक सन्तोष श्रेष्ठले वडा नं. ५ को गीट्टीखानी, केरावारी, पाताल, चरचरे लगायतका क्षेत्रका ५० घरपरिवार अति विपन्नलाई राहत वितरण गर्न वडा समितिलाई खाद्यसामग्री हस्तान्तरण गरेको वडा सकितिले राहत वितरण गरेको वडा अध्यक्ष दल बहादुर दर्लामीले बताउनु भयो । डोलोमाईट चुनखानीले १लाख ५० हजार बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो । यसै बिच वडा नं. २ को सुकेतालमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि सचेतना कार्यक्रम गरी स्वयंसेवक परिचालन समुह समेत गठन गरीएको छ ।
उक्त सचेतना कार्यक्रममा गाउँ पालिका अध्यक्ष ओम बहादुर घर्ती मगर र वडा नं. २ को अध्यक्ष राजेश श्रेष्ष्ठको उपस्थिति रहेको थियो ।