काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका कोरोना संक्रमित बिरामी नेपाली रहेको पुष्टि भएको छ। मस्जिदमा भारतीय नागरिकसँगै बसेका ६५ वर्षीय ती नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ।
सो मस्जिदमा बसेका १६ जनामध्ये १२ जनामा कोरोना संक्रमण देखिएको छ। बाँकी चारजनाको पुनः परीक्षण गरिएकोमा हिजो (शनिबार) थप एकजनामा कोरोना संक्रमण पुष्टि हिजो भएको थियो। मस्जिदमा भेटिएका सबै संक्रमितलाई अहिले विराटनगरस्थित कोशी अञ्चल अस्पतालको कोभिड अस्पतालमा भर्ना गरिएको छ।
विराटनगर महानगरपालिका १७ स्थायी ठेगाना भएका ती व्यक्ति नेपालमा भेटिएका ३१औं संक्रमित हुन्। अस्पतालका मेडिसिन विभाग प्रमुख डा. दीपक सिग्देलले थाहाखबरसँग संक्षिप्त कुरा गर्दै पछिल्ला संक्रमित भारतीय नभएका र विराटनगरमा फलफूल व्यापार गरेर बस्ने गरेको जानकारी दिए। उनले भने, ‘संक्रमित सबैको अवस्था सामान्य छ, उपचार प्रकृया थालिएको छ।- (थाहा खबर )