• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १३, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १३, मंगलबार
    होमपेज /  गण्डकी

    गण्डकी प्रदेश र प्रदेश नं ५ जोडने सादी खोलाको नाका सिल ।

  • थम्मन थापा
  • २०७७ बैशाख २, मंगलबार (६ साल अघि)
  • ३४४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बागलुङ वैशाख २
    कोरोना संक्रमण फैलिन नदिन अहिले सबैले लक डाउनलाई प्रभावकारी बनाउन विभिन्न उपायहरु अबलम्बन गर्न थालेका छन । विश्व अहिले कोरोना भाईरस कोभिड १९ को संक्रमणले आक्रान्त छ । ठुला विकसित राष्ट्र देखि साना देशहरुमा समेत दिनहुँ कोरोना भाईरसको संक्रमण बढदो क्रममा छ र स्थिती दिनहुँ भयावह बन्दै गईरहेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    नेपाल पनि कोभिड १९ बाट अछुतो रहन सकेन । २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको कोभिड १९ कोरोना भाईरसको संक्रमणबाट अहिले नेपालमा १४ जनामा कोरोना पुष्टी भएको छ । बागलुङमा पनि २ जना संक्रमण भेटिए सँगै नेपाल सरकारले बागलुङमा र्यापिड डाइगोनोस्टिक टेष्ट सुरु सम्पन्न गरेको छ । परिक्षणमा सबैको रिपोर्ट नेभेटिभ आएको छ यद्यपी आम नागरिकमा कोरोनाको भय र त्रास भनें यथावत छ । नेपाल सरकार, प्रदेश सरकार सँगै स्थानिय तहले कोरोना भाईरसको संक्रमण फैलिन नदिन विभिन्न उपायहरु अपनाउने क्रम तिव्र छ ।

    एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्ला देखि अर्को जिल्ला, एक पालिका देखि अर्को पालिका आवतजावतमा अहिले कडाई सँगै ठप्प पारिएको छ । कोरोना संक्रमणको जटिलता र जोखिम बढे सँगै प्रदेश नं ४ र प्रदेश ५ को सिमाना बागलुङ र गुल्मीको सिमाना गलकोट नगरपालिका वडा नं ८ काँडेबास र मुसिकोट नगरपालिका वडा नं ९ अर्लाङकोट सादी खोलामा आजबाट बन्द गरिएको छ । काँडेबा वामीटक्सार सडकमा बाँसको तगालो सहित ताला लगाईएको गलकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम प्रसाद कँडेलले जानकारी दिए । एक प्रदेश बाट अर्को प्रदेश, एक जिल्ला देखि अर्को जिल्ला र पालिकामा कोरोना संक्रमण फैलिन नदिन नाकामा तगालो लगाईएको वडा अध्यक्ष कँडेलले बताए ।

    गलकोट नगरपालिका र मुसिकोट नगरपालिकाको आपसी समझदारीमा नाका सिल गरिएको हो । लक डाउन अवधिभर अत्यावश्यकीय कामकाजको लागि गाडी र मान्छे आवतजावत गर्न सकिने मुसिकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नरेश खरेलले जानकारी दिए । उक्त रुट भएर चल्ने सवारी साधन र हिडडुल गर्ने मानिसले स्थानिय तहमा जानकारी गराउनु पर्ने बताईएको छ । विरामी, खाद्यान्न लगायतका कामकाजको लागि नाका खुलाईने स्थानिय सुरेन्द्र छन्त्यालले जानकारी दिए । यो नाका भएर छिमेकी मुलुक भारत, सुनौली, भैरहवा, बुटवल, पाल्पा, गुल्मीका विभिन्न स्थानमा आवतजावत गर्न सकिन्छ ।

    सोमबार बडिगाड गाउँपालिकाले बडिगाड र गलकोटको सिमाना गिरङदी खोला पुलमा नाका सिल गरेसँगै यो नाका वैकल्पिक मार्गको रुपमा प्रयोग हुने हुँदा उक्त जोखिम कम गर्न नाका सिल गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए । अहिले नाका सिल गरिए सँगै तगालोको चाबी वडा अध्यक्ष राम प्रसाद कँडेल, समाजसेवी सुरेन्द्र छन्त्याल र नाका नजिकका स्थानिय भविलाल गौतम सँग रहने गरि व्यवस्थापन गरिएको छ । गलकोट नगरपालिका वडा नं ८ को सकृयता र व्यवस्थापनमा नाका सिल गर्ने कार्य सम्पन्न गरिएको छ ।

    नाका सिल गरिए सँगै आम नागरिकलाई अत्यावश्यक काम परे दुवै तर्फका वडा कार्यालयलाई आधिकारिक जानकारी गराउनु पर्ने वडा कार्यालयले जनाएका छन । लक डाउनको पुर्ण पालना गरि कोरोना संक्रमणलाई फैलिन नदिन गलकोट नगरपालिका र मुसिकोट नगरपालिकाले आम नागरिकलाई अपिल समेत गरेका छन ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    गण्डकी सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑