काठमान्डौ-
सुरक्षाकर्मीले पेप्सीकोला टाउन प्लानिङ स्थित सनसिटी अपार्टमेन्ट सिल गरेको छ । सो अपार्टमेन्टमा बस्दै आएका तीनजनामा कोरोना संक्रमण देखिएको हो ।
र्यापिट किट टेष्टबाट उनीहरुलाई कोरोना संक्रमण देखिएपछि थप परीक्षण र संक्रमण थप यकिन गर्न पाटन अस्पताल भर्ना गरिएको छ । उनीहरु चैत ४ काे राति ( ५ गते बिहानपख) कतार एअरवेजबाट नेपाल अाएका थिए । उनीहरु अपार्टमेन्टकाे पन्ध्राैं तलामा बस्दै अाएका थिए ।
अपार्टमेन्टमा एक हजारभन्दा धेरै मानिस बस्दै आएका छन् । सो अपार्टमेन्ट भित्र जान र बाहिर आउन अहिले प्रहरीले रोक लगाएको छ । त्यहाँ
लकडाउन पालना गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । त्यहाँ नेपाली सेना पनि परिचालन गरिएको छ । अपार्टमेन्टको मूल गेट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । थप खबर आउन बाकि ।