बैसाख १,
पाल्पा जिल्ला तिनाउ गाउँ पालिका वडा नं. १ स्थीत श्री मसिना सामुदायिक वन उपभोक्ता समुहले यस कोराना संक्रमण विपत्तीको वेला आफ्नो उपभोक्ताहरुलाई राहत वितरण गरेको श्री मसिना सा.व.उ.स का अध्यक्ष देव बहादुर सोमरेले जानाकारी गराए ।
राहतमा १ घर धुरी बराबर २५ के.जी. चामल २ किलो दाल, २ किलो नुन, १ लिटर तेल गरी ११७ घर धुरीलाई वितरण गरेको सचिव रेम बहादुर सोमरेले जानकारी गराउनु भयो । कोषाध्यक्ष थर्कि सारु र तोल विकास समिति अध्यक्ष यम ब. घर्ती मगरको पनि उपस्थीती रहेको थियो ।
कार्यक्रममा विस्वमा ठुलो महामारीको रुपमा फैलीरहेको कोरोनाबाट बच्नको लागि सरकारले दिएको आदेशको पालना गर्न घरै बस्ने , एक टोलबाट अर्को टोलमा समेत नजाने र सुरक्षाको विधिहरुको प्रयोगर्नु पर्ने समेत तिनाउ गाउँ पालिका वडा सदस्य अम्मर तरामुले बताउनु भयो ।