
मोहन के सी –
बाग्लुङ्ग – बरेङ्ग गाउँपालिका वडा न. ४ सल्यानका अतिविपन्न घरपरिवारलाई राहात वितरण गरिएको छ । गरिब तथा अतिविपन्न २४ घरपरिवारलाई राहात वितरण गरिएको हो।
सल्यानका विभिन्न ठाउँहरुमा पुगी राहात वितरण गरिएको छ । बरेङ्ग गाउँपालिकाको निर्णयअनुसार प्रत्येक घरपरिवारलाई १२ केजि चामल,२ के जि दाल, १ के जि नुन, ४ पोका तेल, ३ वटा साबुन लगायतका राहात सामाग्री वितरण गरिएको वडा अध्यक्ष लिल बहादुर खत्रीले जानकारी दिनुभएको छ। जुन परिवारमा १ जना देखि ४ जना सम्मको छ त्यस्तो परिवारलाई भने १० के जी चामल र १ के जी दाल १ के जि नुन, ४ पोका तेल, ३ वटा साबुन दीइएको छ ।
विश्वव्यापी संकटमा रहेको कोरोना भाइरस कोभिड १९ को नियन्त्रण गर्नका लागि सल्यान आवत जावत गर्न पनि पूर्ण रुपमा बन्द रहेको जानकारी दिनु भयो । गुल्मी जिल्लाको सिमानामा पर्ने सल्यानमा अत्यावस्यक काम भन्दा अरु कामको लागि यहाँ बाट आवत जावत गर्न मनाही गरिएको छ ।गुल्मी जिल्लाको चन्द्रकोट गाऊँ पालिकाबाट सल्यानमा प्रवेश गर्ने नाकामा पनि कुनै यातायात आवत जावत गर्न नसकोस भनेर अस्थाई पर्खाल लगाईएको र यदि अत्यावस्यक यात्रा गर्नु परेमा त्यसलाई खोल्न पनि सकिने बुटवल दैनिकलाई जानकारी दिनु भयो ।


