• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १९, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

      ३ घण्टा अघि

      पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

      ३ घण्टा अघि

      गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

      ४ घण्टा अघि

      सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

      ४ घण्टा अघि

      शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

      ५ घण्टा अघि

      नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

      ७ घण्टा अघि

      सेयर बजारमा भारी गिरावट

      ७ घण्टा अघि

      सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

      ७ घण्टा अघि

      गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

      १० घण्टा अघि

      गुल्मीमा एक मृत पुरुषको शव फेला

      १० घण्टा अघि

      गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

      १० घण्टा अघि

      मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

      १२ घण्टा अघि

      शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

      १३ घण्टा अघि

      आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

      १३ घण्टा अघि

      सडक पार गर्दै गरेकी छात्राको मृत्यु

      १४ घण्टा अघि
    in
    आज: २०७७ फागुन १९, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    नव वर्ष – नयाँ जोस, जाँगर र उमंग

  • चक्रपाणी डुम्रे
  • २०७७ बैशाख १, सोमबार (१० महिना अघि)
  • ५५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    संसारमा हेरेक चिज परिवर्तन शिल छ । परिवर्तन शिल दुनियाँमा प्रत्येक वैशाख १ गते बिक्रम सम्बतको नयाँ साल प्रारम्भ हुन्छ । नेपालको राष्ट्रिय संवत विक्रम संवत हो । सौर्य गणनानुसार एक संवतत्सरमा ३ सय ६५ दिन हुन्छन् । यसअनुसार सूर्य मेष संक्रान्तिबाटआरम्भ भई पुनः सोही राशिमा पुग्ने बेलासम्मको अर्थात् सम्पूर्ण ऋतुको पूरै एक चक्रलाई संवतत्सर भनिन्छ । यसरी, वैशाख १ देखि हुने र यस दिनलाई नव वर्ष शुभारम्भको दिन एवं राष्ट्रिय पर्वका रूपमा मनाइने गरिन्छ ।

    चन्द्रमानको हिसाबले समेत चैत शुक्ल प्रतिपदालाई संवतत्सर प्रारम्भ हुने दिन मानिन्छ । यसैले राजा विक्रमादित्यले थालनी गरेको यो पात्रो अंग्रेजी क्यालेन्डरभन्दा ५७ वर्षअघि छ । यसको मतलव जिसस क्राइस्टको जन्मभन्दा ५७ वर्षअगाडि नै विक्रमादित्यले आफ्नो संवत प्रयोगमा ल्याइसकेका थिए । त्यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा आफ्नै रीति, संस्कृति र परम्पराअनुसारका क्यालेन्डर प्रयोगमा रहेकाछन् । सेकन्ड, मिनेट, घण्टा, दिन, रात, बार आदि गरी नै समय उपलब्धिलाई नै नयाँ मानिन्छ । जसमा १५ तिथिबाट एक पक्ष भयो र यस्ता दुई पक्षबाट एक महिना हुन्छ । दुई महिनाको एक ऋतु हुन्छ । तीन ऋतुको ६ महिना वा एक अयन हुन्छ । दुई अयन अर्थात् ६ ऋतुको १२ महिना वा एक संवतत्सर हुन्छ । ६० संवतत्सरको ६० नै वर्ष हुन्छ । ज्योतिषशास्त्रअनुसार हिन्दू संस्कृतिमा ६० संवतत्सर रहेका छन् । यिनीहरूको नाम हरेक वर्ष बदलिने गर्दछ र ६० वर्ष पूरा भएपछि पुनः सोही नाम दोहोरिने गर्दछ ।

    यस वर्ष प्रमादी संबत्सर परेको छ । हाम्रो देशमा सर्वप्रथम राजा विक्रमादित्य प्रथमको शासन कालदेखि नै नववर्ष आरम्भ भएको ऐतिहासिक तथा धार्मिक ग्रन्थहरूमा उल्लेख छ । यसकारणले गर्दा वैशाख १ देखि सुरुवात हुने नवआगन्तुक समयलाई नेपालीहरूले हर्षकासाथ उल्लासमय वातावरण साथ राष्ट्रिय चाडका रूपमा मनाउने गरिन्छ । यस दिनमा सार्वजनिक बिदा पनि दिइन्छ ।

    यसरी प्रत्येक वर्ष नयाँ वर्ष मनाउदै गर्दा हामीमा पनि नयाँ सोच , नयाँ उमंग जगाउनु पर्छ । नयाँ वर्ष सधैं वसन्त ऋतुको आगमन सँगै आउने हुँदा प्रकृतिमा पनि एउटा नौलो आभाष र अनुभव बनाइरहेको हुन्छ। बोट बिरुवाहरूमा वसन्त ऋतु आगमनसँगै हरियालीले छाउनाले प्रकृतिको मनोरम सुन्दर दृश्यावलोकन मनलाई पनि आनन्दित तुल्याएको हुन्छ । नयाँ बोट नयाँ पाउवा समय र कोइलीको मधुर स्वर सँगसँगै काफल पाक्यो भन्ने चराको स्वर वन जंगलमा घन्किरहेको हुन्छ । यसरी, प्रकृतिले पनि आफ्नो स्वरूप बदल्ने यसै अवसर परेको हुँदा बालबालिका , युवायुवती , वृद्धवृद्धा सबै सबैले नयाँ वर्षलाई सुखद अनुभूति रूपमा महसुस गर्दछन्।

    तसर्थ हिजोका दिनको समष्टि रूपमा मूल्यांकन गरी भावी उदेश्य पूर्तिको यात्रा आजैदेखि आरम्भ गरौं । विगतमा जे जस्ता घटनाहरू भए पनि मानव जाति जहिले पनि आशा, विश्वास र भरोसा लिएर हिड्नु पर्दछ । हाम्रो जीवनको आधार सुखद भविष्यको आशा नै हो । यही सुखद भविष्यको आशाले अभिव्यक्तिको माध्यम दिने गर्दछ र हामीलाई कुनै पनि नव वर्षको नयाँजोस, जाँगर र उमंग जगाउनु पर्छ । त्यसैले नव वर्षलाई सुखद भविष्यको आशालाई संकल्पमा बदलेर अघि बढौं ।
    नयाँ वर्ष २०७७ सालको सबैलाई हार्दिक मंगलमय शुभकामना …. ।

    • #नयाँ साल प्रारम्भ

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

    गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

    सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

    शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

    नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

    समाचार

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

    गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

    सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

    बुटवल दैनिक बिशेष

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४२ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२९ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५१० पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४८१ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑