• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  गण्डकी

    नयाँ वर्ष संगै वडा भित्र लक डाउन प्रभावकारी बनाउन सरोकारवालाको सकृयता ।

  • थम्मन थापा
  • २०७७ बैशाख १, सोमबार (६ साल अघि)
  • १९१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बागलुङ
    गलकोट नगरपालिका वडा नं ७ मा लक डाउन लाई प्रभावकारी रुपमा कार्यन्वयन गराउन जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख, लक डाउन समन्वय समितिले सकृयता बढाएका छन । वडा भित्र कोरोना भाईरस कोभिड १९ को संक्रमण बाट जोगिन के के गर्नुपर्छ भन्ने विषयमा समेत जनचेतना फैलाउन उनीहरु टोल टोलमा समय समयमा अनुगमनको लागि पुग्ने गरेका छन । वडा सरकारले ३ पटक माईकिङ गरेको छ । सर्वपक्षिय बैठक पछि वडा भित्र अत्यावश्यक कामका लागि भित्रिने र बाहिरिने खाद्यान्न, बिरामी र दुर्घटना, घटना, गर्भवती र सुत्केरी महिला बाहेकलाई पुर्ण रुपमा रोक लगाईएको गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो ।

    फेसबुकमा पछ्याउनुहोस्

    त्यस्तै सामुहिक रुपमा भिडभाड गर्ने, हिडडुल गर्ने, भेला हुने लगायतका कार्यहरुमा पनि पुर्ण रुपमा रोक लगाईएपछि अहिले वडामा लक डाउनको पालना सबैले गर्न थालेको वडा अध्यक्ष थापाले बताउनु भयो । वडा भित्रका सडक सार्वजनिक स्थलहरु, होटल, पसल, मठ मन्दिरहरु अहिले सुनसान जस्तै छन । यद्यपी खेतबारीमा काम गर्ने कृषकहरुलाई सामाजिक दुरी कायम गरि माक्स तथा रुमाल प्रयोग गरि काम गर्ने वातावरण तय गरिएको लक डाउन अनुमन समितिका सदस्य तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष दल बहादुर थापाले जानकारी दिनुभयो । समन्वय समितिले वडा भित्र कहाँ के भईरहेको छ भनेर समय समयमा अपडेट गरिरहेका छन स्थानिय कल्वहरुले पनि यो अभियानमा सकृयता पुर्वक आफनो भूमिका निर्वाह गरिरहेका छन ।

    बागलुङ जिल्ला कोरोना भाईरसको उच्च जोखिममा परे सँगै वडा भित्रका सरोकारवालाहरुले आफनो सकृयता बढाएको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिनुभयो । लक डाउनको उल्लङघनका एकाद जानकारीहरु प्राप्त भएको र जिल्लामा पनि लक डाउनलाई आज देखि थप कडाई गर्ने निर्णय सँगै वडा भित्र थप कडाई गरिने वडा कार्यालयले जनाएको छ । २०१९ को डिसेम्वर अन्तिम साता चीनको वुहानबाट फैलिएको कोभिड १९ कोरोना भाईरस अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको छ । नोभल कोरोना भाईरस कोभिड १९ को कारण नेपाल सरकारले चैत १० गते देखि देशलाई पुर्ण रुपमा लकडाउन गरेको छ । लक डाउनलाई कडाईका साथ पालना गर्न र गराउन अहिले संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार अहोरात्र खटिएका छन ।

    देशैभर जनप्रत्निधी, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, सरोकारवालाहरु कोरोना भाईरसको संक्रमण फैलिन नदिन सकृयताका साथ लागेका छन । नेपालमा कोरोना भाईरसको संक्रमण हाल सम्म ९ जनामा देखा परिसकेको छ । अवस्था दिनहुँ थप भयावह बन्दै गईरहेको हुँदा सबैलाई थप सावधानी, सतर्क अपनाउँदै सरसफाईमा उचित ध्यान दिन सबैमा गलकोट नगरपालिका वडा नं ७ लक डाउन समन्वय समितिले अपिल समेत गरेको छ ।

    • #गलकोट नगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    गण्डकी सम्बन्धि थप

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑